शिक्षा विधेयकमा ३३ संशोधन : संसोधन आवश्यक हो ?

काठमाडौं २२ भदौ । सांसद घनश्याम खतिवडाले शिक्षा विधेयकमा संसोधन आवश्यक भएको महसुस आफूलाई भएपछि संसोधन दर्ता गराए ।

उनले भने, ‘अहिले आएको विधेयकले निः शुल्क शिक्षा भनेको छ, त्यो भनेको गरिब जनताका छोराछोरीको अधिकारको कुरा हो, त्यो मौलिक हकसँग गाँसिएको कुरा हो, त्यो कुरालाई विधेयकले समेट्दैन कि भनेर त्यो हक अझै कायम होस्, गरिब जनताको शिक्षामा पहुँच पुगोस्, सबैको आधारभूत शिक्षामा पहुँच पुगोस् भनेर मैले विधेयकमा संसोधन राखेको छु ।’ उनले विधेयकका विभिन्न विषयलाई लक्षित गरी चारवटा वुंदामा संसोधन राखेको पनि बताए ।

उनले मात्र नभएर अर्का सांसद खगराज अधिकारीले पनि विधेयकमा संसोधन जरुरी रहेको देखे अनि राखे संसोधन । ‘विद्यालयका तीन तत्वहरु, शिक्षक, विद्यार्थी र अभिभावकमध्ये विद्यार्थीहरुले बद्मासी गेको खण्डमा कारबाही नगरी परामर्श गर्ने भन्ने कुरा विधेयकमा आएको छ, त्यो राम्रो कुरा हो तर विद्यार्थीले कक्षामै डिस्टर्व गर्यो भने के गर्ने ? त्यसको उपाय के हुन सक्छ ? भन्ने विषयमा संसोधन दर्ता गरेको छु ।’ उनले भने । त्यसका साथै उनले निजि विद्यालयहरुले दिँदै आएको १० प्रतिशत छात्रवृत्तिलाई २५ प्रतिशतमा पुर्याउनुपर्छ भन्ने पनि संसोधन राखेका छन् ।

सांसदद्वय खतिवडा र अधिकारीले मात्र नभएर अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक, २०७५ मा ६६ जना सांसदले संशोधन दर्ता गरिएको छ । ७२ घण्टे समयसीमाभित्र संशोधनका लागि ६६ जना सांसदले नाम दर्ता गराएर ३३ वुंदामा विषयसँग केन्द्रीत भएरु संसोधन परेको संसद सचिवालयका उपसचिव केशब अर्यालले बताए ।

संशोधन दर्ता गराउने सांसदहरुमा प्रेम सुवाल, गगन थापा, पार्वत गुरुङ्, राजेन्द्रकुमार श्रेष्ठ, दिब्यमणि राजभण्डारी र तेजुलाल चौधरी, सञ्जयकुमार गौतम, सुरेशकुमार राई, खगराज अधिकारी, दुर्गा पौडेल, भरतकुमार शाह, डा. बिजय सुब्बा, पदम गिरी, एकवाल मियाँ, विन्दा पाण्डे, लक्ष्मी परियार, सुजाता परियार, प्रमोद शाह र विशाल भट्टराई छन् ।

यसैगरी नविना लामा, मनकुमारी जिसी, घनश्याम खतिवडा, नारायणप्रसाद खतिवडा, विनादेवी बुढाथोकी, विष्णु शर्मा, विनाकुमारी श्रेष्ठ, कृष्णभक्त पोखरेल, झपटबहादुर रावल, पवित्रा निरौला, सरिता न्यौपाने, कलिला खातुन, तिर्था गौतम, मैना भण्डारी र गोमा देवकोटाले पनि संशोधन दर्ता गराएका छन् ।

ससोधन दर्ता गराउने सांसदहरुमा पार्वती कुमारी विसंखे, विमला विश्वकर्मा, अञ्जना विशंखे, विमला विक, निरा जैरु, सानु शिवा, दुर्गा विक, आशा विक र दुर्गा कुमारी विक, शशी श्रेष्ठ, जयपुरी घर्ति, रेखा शर्मा, यशोदा सुवेदी, अमृता थापा र पूर्णा कुमारी सुवेदी, लक्ष्मीकुमारी चौधरी, रेखाकुमारी झा, पुष्पाकुमारी कर्ण कायस्थ, योगेश भट्टराई, पदम गिरी, सूर्यप्रसाद पाठक, भूपेन्द्रबहादुर थापा, हितबहादुर तामाङ्, सन्तकुमार थारु, सुजिता शाक्य र नवराज रावत, लालबहादुर थापा, रविन्द्र शर्मा, गंगा चौधरी पनि छन् ।

 

:1510 Views

Leave a Reply