नियम विपरित शिक्षकको सरुवा

काठमाडौ १ असोज । नगरशिक्षा समितिले आफ्नो नगरपालिका भित्रका ६९ जना शिक्षकहरुको सरुवा गरेको गरेको छ ।

एकहप्ता अघि मन्थली नगरपालिकाको शिक्षा समितिले गरेको उक्त निर्णयलाई नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ र नेपाल टेडयुनियन काँग्रेसले नियमित सरुवा भनेको छ । त्यसैगरी सरुवामा परेका अधिकासं शिक्षकहरुले पनि उक्त निर्णयलाई आश्चर्य मानेका छन् । तर नगरशिक्षा समितिका पदाधिकारी र मन्थली नगरपालिकाका प्रमुख लगायतका आधिकारिक व्यक्तिहरुले भने उक्त सरुवा स्वाभाविक र वैद्य भएको बताएका छन् ।

अघिल्लो जिल्ला शिक्षा कार्यालयले तत्कालीन शिक्षक संघ संगठनहरु समेत सदस्य रहनेगरी वनाएको कार्यदलले समेत शिक्षक सरुवाको गृहकार्यलाई अगाडि वढाएको भएता पनि उक्त निर्णय अव्यवहारिक हुने भन्दै त्यसलाई कार्यान्वयनमा लान सकेको थिएन । तर जिल्लाका ८ पालिकाहरु मध्ये सदरमुकामको मन्थली नगरपालिकाले आकस्मिक रुपमा गरेको सरुवाको विषयलाई लिएर हाल मन्थली र जिल्ला व्यापीरुपमा खैलावैला मच्चिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आधिकारिक रुपमा नगरपालिकाको उक्त निर्णय आफ्नो पार्टीको लागि अमान्य हुने भन्दै विधि र थितीभित्र रहेर काम गर्नका लागि नगरप्रमुख र सिंगो नगरपालिकालाई आग्रह गरेको छ । उसले आधिकारिक रुपमा नगरपालिकामा पुगेर उक्त बिषय र त्यसवाट शिक्षकहरुलाई पर्ने समस्याको वारेमा समेत जानकारी गराएको नेपाली काँग्रेसका सचिव लेखवहादुर कार्कीले वताए ।

विभिन्न सार्वजनिक फोरमहरुमा समेत उक्त कदमको खुल्मखुल्ला विरोध गर्दै आएका सचिव कार्कीले नगरपालिकाले राजनीतिक आस्थाको आधारमा पूर्वाग्रह राखेर शिक्षकहरुलाई सरुवा गर्ने काम गरेको छ । जुन काम उसले कानूनभन्दा बाहिर गएर गर्ने साहस गरेको छ । यसलाई तत्काल फिर्ता लिन पनि काँग्रेस पार्टीले आग्रह गरेको छ ।

सोही विषयलाई लिएर मन्थली नगरपालिका वडा नं १ र ५ का वडा अध्यक्षहरुले सम्वन्धित व्यवथापन समितिवाट आफ्ना शिक्षकहरु सरुवाको विषयलाई तत्काल रोक्नको लागि अनुरोध आएपछि आफ्ना वडाका शिक्षकहरु सरुवाको बिषयलाई अगाडि नबढाउनका लागि मन्थली नगर प्रमुखलाई लिखित रुपमा आग्रह समेत गरेका छन् ।

तर नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेत भने सरुवाको विषयलाई स्वभाविक ठानेका छन् । उनले भने स्थानीय निकायको गठन र निर्वाचन सँगै केही शिक्षकहरुलाई परेको अप्ठ्यारो समाधान गर्नको लागि पनि शिक्षक सरुवा गर्न आवश्यक थियो । स्वभाविक आवश्यकता अनुसार विना पूर्वाग्रह गरिएको सरुवाको बिषयलाई धेरै चर्चाको बिषय नवनाउन पनि उनले सम्वन्धीत पक्षलाई आग्रह गरेका छन् ।

शिक्षकको जागिर खाने प्रतिवद्धताका साथ सेवामा प्रवेश गरेका कर्मचारी र शिक्षकहरुले सम्वन्धीत पक्षले खटाएको ठाउँमा जानु उनिहरुको दायित्व भएकाले सरुवा भएका सवै शिक्षकहरुलाई सोही अनुरुप काम गर्न आग्रह गरेका छन् । उनले सरुवाको क्रममा स्वभाविक रुपमा केही शिक्षक साथीहरुलाई अप्ठ्रो परेको हुनसक्छ । ती खालका अप्ठ्याराहरुलाई पनि नगरपालिकाले भोलीका दिनमा चिर्दै जाने दावी समेत नगरप्रमुख वस्नेतले गरे ।

इहिमालयबाट ।

:382 Views

Leave a Reply