हाजिरी जवाफमा हार्डन र लेप्टन उत्कृष्ट

भक्तपुर ३ असोज । अन्तरसदन हाजिरी जवाफमा जुनियरमा हार्डन हाउस र सिनियरमा लेप्टन हाउस प्रथम भएका छन् ।

भक्तपुरको मध्यपुर थिमीस्थित ग्ल्याडस्टोन एकेडेमीको इसिए बोर्डले आयोजना गरेको सो कार्यक्रम बाल दिवसको दिन सम्पन्न गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक विनोद कोइरालाले यस्ता प्रतिस्पर्धाले विद्याथीलाई कितावी ज्ञानमात्र नदिई विद्यार्थीको चौतर्फी विकास हुने बताए । जुनियरबाट हार्डन वायरन हाउस र सिनियरबाट बोसन हाउस दोस्रो भएका थिए ।

जुनियर तर्फबाट दयाराम खत्री र सिनियर तर्फबाट शिक्षक राजेश अधिकारी र राजेश चौधरीले कार्यक्रमको संयोजन गरेका थिए ।

:347 Views

Leave a Reply