विद्यालय कर्मचारीहरुद्वारा अन्तर्राष्ट्रिय श्रम ऐन अनुसारको ज्याला माग

काठमाडौं ४ असोज । गएको पाँच दिनदेखि राजधानीकेन्द्रित आन्दोलन चकाईरहेका बिद्यालय कर्मचारीहरूले आज प्रधानमंत्री कार्यालय बालुवाटार घेराऊ गरेका छन् ।

विभिन्न जिल्लाबाट राजधानी आई आन्दोलन गरिरहेका विद्यालय कर्मचारीहरुले केपी ओली सरकार इतिहासकै निरंकुश, अत्याचारी र राणा शासन अनि पंचायतभन्दा पनि निर्लज्ज र अटेरी भएको आरोप लगाए ।

तल्काल सर्बोच्च अदालतको फैसला सर्भिस ल(अन्तर्राष्ट्रिय श्रम ऐन ) कार्यान्वन गर्नुपर्ने, शिक्षा ऐन आठौ संशोधनलाई कार्यान्वयन गर्नुपर्ने र संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीका मुद्दालाई समेट्नुपर्ने विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समिति सहसंयोजक रतन सिंहले बताए ।

:1067 Views

One thought on "विद्यालय कर्मचारीहरुद्वारा अन्तर्राष्ट्रिय श्रम ऐन अनुसारको ज्याला माग"

  1. guri prasad says:

    Sahi kura ho ni ta

Leave a Reply