ब्राइट स्टारमा फुटसल

भक्तपुर, २० कात्तिक। भक्तपुरको राम मन्दिरस्थित ब्राइट स्टार इङ्लिश स्कुलमा कात्तिक २७ गते मंगलबार र मसिंर १ गते शनिबार फुटसल प्रतियोगिता हुने भएको छ।

पुर्व विद्यार्थीको लागि गरिन लागेको सो प्रतियोगिताबाट साथी र सिनियर–जुनियर बिच भाइचारा र मित्रता बढ्ने कार्यक्रम संयोजक डेनिस दुवालले जानकारी दिए। हालसम्म स्कुलमा एस.एल.सी तथा एस.ई.ई दिने १३ वटा ब्याच छन्।

२०६७ को ब्याचले आयोजना गरेको फुटसल सुन्दरबस्तीस्थित ख्वपो फुटसल एण्ड टेनिङ सेन्टरमा हुने छ।

:263 Views

Leave a Reply