देउसी–भैलो सुरु, स्कुल बिदा

काठमाडौं। तिहार काग तिहारबाट सुरु भई भाइटीकासम्म पाँच दिन मनाइन्छ । तिहारमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ। यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो। यसै दिन साँझमा मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास गरिन्छ।

यसलाई ‘दीपावली’ पनि भनिन्छ। तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरिन्छ ।

सम्पत्तिकी देवी लक्ष्मीको पूजा गर्नाले घरमा अन्न धेरै आउने र पैसा आम्दानी धेरै हुन्छ भन्ने विश्वास गरिन्छ। स्त्रीजातिहरूले पनि बलिको स्वागतमा बलि गीत विकृतरुप भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन्।

देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरु भट्याउनेको पछि–पछि देउसिरे भन्ने गर्छन्। देउसीको पछि एउटा अर्को कथा पनि जोडिएको छ । एक जना बलिभन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खादैन थिए ।

शिरमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एकपल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरि बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाइ छ। देउसेहरू बलि राजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् ।

केही विद्यालयमा हिजो र केहीमा आज देउसी–भैलो खेलेर र मण्डला बनाएर विद्यालयले बिदा गरेका छन्। विद्यालयहरुले लक्ष्मी पूजा, म्ह पूजा र भाइटीकासम्म गरी तीन दिन बिदा दिएका छन् ।

विद्यालयमा तिहारको अवसरमा गरिएको कार्यक्रमको फोटोहरु :

कोटेश्वरस्थित सेमरक किड्सवन्डरल्याण्डका विद्यार्थीहरु कुकुर तिहार मनाउदैं।

 

भरतपुरको प्रेरणा स्कुलका छात्राहरु मिलेर मण्डला बनाउदै।

 

ललितपुरस्थित सुदेशाका छात्राहरु तिहारको गीतमा नृत्य गर्दै।

 

रोम्बस स्कुलका विद्यार्थी म्ह पुजा गर्दै।

 

गठ्ठाघरस्थित अर्बिट स्कुलका विद्यार्थी भैली खेल्दै।

 

प्रज्ञा इङ्लिश स्कुलमा म्ह पुजा।

 

भक्तपुरको पारागन एकेडेमीका छात्रा नाच्दै रमाउदैं

 

पेप्सिकोलास्थित अक्षरा स्कुलका विद्यार्थी म्ह पुजामा व्यस्त।

 

देउजा गाउँस्थित देउजागाउँ स्कुलका विद्यार्थीहरु भाईटिका लगाउँदै।

 

 

:327 Views

Leave a Reply