सुदेशामा ब्रेस्ट क्यान्सर अभिमुखिकरण कार्यक्रम सम्पन्न

ललितपुर ।सुदेशा स्कुलले आज एकदिने ब्रेस्ट क्यान्सर सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । रोज फाउन्डेसन नेपाल र नेपाल क्यान्सर हस्पिटलको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो । ब्रेस्ट क्यान्सर के हो? कसरी लाग्छ? ब्रेस्ट्को कसरी आफैले परिक्षण गर्ने? र कसरी उपचार गर्ने भन्ने बारेमा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. आगन कृष्ण श्रेष्ठले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा ब्रेस्ट क्यान्सरबाट पीडित र निको भए पछि नयाँ जीवन प्राप्त दिदी बहिनिहरु बबिता खड्का र शोभा ओलिले अनुभव व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रम विद्यालयका करिव १५० महिला अभिभावक, बिष्णुदेवी आमा समुह, छात्राहरुको सहभागिता रहेको थियो । सुदेशा स्कुलले हरेक बर्षा गर्ने यो कार्यक्रम गता बर्ष ब्लड क्यान्सरमा गरेको थियो भने यो बर्ष ब्रेस्ट क्यान्सरमा गरेको हो । कार्यक्रम प्रधानाध्यापक बिराङगना महर्जनको सभापतित्व, महिला सामूहिक अध्यक्ष राधिका ढकालको धन्यबाद ज्ञापन तथा सह प्रधानाध्यापक नारायण सापकोटाको सन्चालनमा सम्पन्न भएको थियो ।

:326 Views

Leave a Reply