स्कुल बसको ठक्करबाट कक्षा १ की विद्यार्थीको मृत्यु

भक्तपुर। भक्तपुरमा बसको ठक्करले एक विद्यार्थीको मृत्यु भएको छ । कमलविनायकस्थित रोम्बस इङ्लिश स्कुलको बसले सोही स्कुलको कक्षा १ मा पढ्ने ७ वर्षीया प्रतिष्ठा खत्री शुक्रबार घर पुर्याउने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग जगातिका इन्पेक्टर नवराज न्यौपानेका अनुसार मध्यपुर अस्पतालमा उपचारको क्रममा छात्रा खत्रीको मृत्यु भएको हो।

चाँगुनारायण नगरपालिका वडा नंं ८ सुडालको रानीबारी भन्ने ठाउँमा दिउँसो २ बजेर ४० मिनेटमा घर फर्कँदा बसबाट ओर्लिएपछि बा १ क ७२८५ नं. को स्कुल बसले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक दिपक लाखेमरु र बसलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

:515 Views

Leave a Reply