सुदेशामा कला महोत्सव

ललितपुर—ललितपुरको सुदेशा स्कुलमा आज प्रि स्कुलस्तरीय कला महोत्सव सम्पन्न भएको छ । ललितपुरका ४ स्कुल सम्मिलित उक्त महोत्सवमा विद्यार्थीहरुले थिमेटिक विषयमा पेन्टिङ्ग गरेका थिए । माइलस्टोन स्कुल, क्रोफ्ट प्रि स्कुल, हिलारिस र गार्फिल्ड स्कुलका करिब ७० जना नानि बाबुहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । नानीबाबुहरुको उक्त कार्यको सम्मान स्वरूप सर्टिफिकेट र मायाको चिनो प्रदान गरिएको थियो । विभिन्न स्कुलको सहकार्यमा यस्ता कार्यक्रमले विद्यार्थीमा हौसला बढ्ने बिश्वास सुदेशा प्रि स्कुलकि इन्चार्ज सुरक्षा तुलाधरले बताइन् ।

:228 Views

Leave a Reply