जुगल स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

विविशाा के.सी
ललितपुर | ललितपुर महानगरपालिका वडा नं २३, धापाखेलस्थित जुगल स्कुलले आफ्नो अभिभावक दिवस तथा वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । पुनराबेदन अदालतका पूर्व न्यायधिस सम्भु बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सन्चालन भएको उक्त कार्यक्रममा ललितपुर जिल्लामा शिक्षाको क्षेत्रमा ४० वर्ष योगदान पु¥याउनु भएका शिक्षक फुल्चोकि मा.विका पूर्व प्रधानाध्यापक विजय वानियाँलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, नाटक र विभिन्न साँगीतिक धुनहरु प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपिल खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं २३ र २४ का अध्यक्ष भुयुकाजि महर्जन र दिनेश पाण्डे, निस्फिल्ड कलेजका प्राचार्य अरुण के.सी र सुमेरु अस्पतालका निर्देशक दिलिप डंगोल, ललितपुर महानगरपालिका शिक्षा शाखाका श्रोत व्यक्ति सत्यनारायण महर्जन सर र शिक्षा शाखाका कर्ण बहादुर बुढाथोकीसरको उपस्थिति रहेको थियो ।

 

:350 Views

Leave a Reply