वागीश्वरी कलेजको छैटौं साधारण सभा सम्पन्न

भक्तपुर । वागीश्वरी कलेजको छैटौं वार्षिक साधारण सभा पुस १० गते मङ्गलबार कलेज सभाहलमा सम्पन्न भएको छ ।
साधारणसभामा भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर शैक्षिक केन्द्रको रूपमा विकास भइरहेको बताउ“दै यस वर्ष मात्र देशका विभिन्न ३१ नपाका मेयर उपमेयर भक्तपुरको शैक्षिक अवलोकन भ्रमणमा आएको बताए ।
नाफामुखी नभई सेवामुखी भावनाले कलेज सञ्चालन भईरहेको बताउ“दै उहा“ले कलेजलाई सङ्ख्यात्मक मात्र नभई गुणात्मक दृष्टिले पनि हेर्नुपर्ने बताए ।
गरीब तथा जेहेन्दार विद्यार्थीलाई प्रशस्त छात्रवृत्ति प्रदान गर्दै आर्थिक हिसाब पारदर्शि गर्दै आइरहेको यस कलेज सामूहिक भावनाका साथ अघि बढिरहेको उनले बताए ।
वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले कलेजका सकारात्मक पक्षलाई बढिभन्दा बढि सार्वजनिक गर्दै अघि बढ्नुपर्ने सुझाव दिए ।
पूर्व विद्यार्थी एवं प्रदेश नं.३ का सांसद सृजना सैंजूले विद्यार्थीहरुलाई शैक्षिक गुणस्तर स“गस“गै राजनीतिक रूपमा पनि सबल बनाउ“दै लग्नुपर्ने आवश्यकता औल्याए ।
साधारणसभाको बन्दसत्रले कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन २०७५ (संशोधनसहित), नवगठित व्यवस्थापन समिति, कलेजको आ.व. २०७४÷०७५ को लेखा परीक्षण प्रतिवेदन पारित गरेको थियो । कार्यक्रममा कलेजका सल्लाहकार बुद्धिकुमार गोसाईको पनि उपस्थिति थियो ।

:254 Views

Leave a Reply