डोरीतान संघका पदाधिकारी जिल्ला दौडाहामा

प्रशिक्षण, कमिटि गठन र खेलाडी छनौट मुख्य उद्धेश्य

काठमाडौं, १३ पुस । डोरी तान संघ (नेपाल टग अफ वार) नेपालका केन्द्रीय पदाधिकारीहरु शुक्रबारदेखि जिल्ला दौडाहामा निस्किएका छन् । संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुर्य भट्टराईको नेतृत्वमा जिल्ला दौडाहामा निस्केको टोलीमा संघका महासविच तथा वरिष्ठ प्रशिक्षक केशवराज गौतम, उपाध्यक्ष सिबि चन्द, केन्द्रीय सदस्य भोजराज दाहाल र खड्ग बोहोरा छन ।

डोरीतान खेलबारे प्रदेश, जिल्ला र स्थानीय स्तरमा आवश्यक प्रशिक्षण दिन, संघको कमिटि नभएको ठाउँमा जिल्ला र प्रदेशस्तरीय कमिटि बनाउन र आगामी फागुन २१ गते उर्लाबारी, मोरंगमा आयोजना हुने राष्ट्रिय डोरीतान प्रतियोगिताको खेलाडी छनौट गर्नु जिल्ला दौडको उद्धेश्य रहेको संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुर्य भट्टराईले बताउनुभयो ।

केन्द्रीय कोषाध्यक्ष शिवभक्त सैंजुका अनुसार ८ दिने जिल्ला दौडाहा अन्तर्गत नवलपरासी वर्दघाट, नवलपुर, कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतमा प्रशिक्षण, कमिटि गठन र खेलाडी छनौटको काम हुनेछ ।

संघको हालसम्म २१ जिल्लामा जिल्ला शाखाहरु खुलिसकेका छन भने फागुन २१ मा आयोजना गरिने राष्ट्रिय डोरीतान प्रतियोगितासम्म यसलाई ७ वटै प्रदेशका ४० जिल्ला शाखामा विस्तार गरिने जनाइएको छ ।

:221 Views

Leave a Reply