विद्यालय शिक्षामा निजी लगानी नभई नहुने : प्रम ओली

काठमाडौं। प्रधानमन्त्री खड्गप्रसाद (केपी) ओलीले विद्यालय शिक्षामा निजी लगानी नभई नहुने छनक दिएका छन् ।

निजी विद्यालयबारेमा विभिन्न टीकाटिप्पणी आइरहेको बेलामा आइतबार संसदमा सम्बोधन गर्ने क्रममा प्रम ओलीले निजि विद्यालयबारे अनौठो विरोधाभाष आइरहेको बताए ।

उनले अहिलेको अवस्थामा निजी लगानीमा रहेका विद्यालयलाई नियमन गर्न नसकिने छनक दिँदै भने, ‘शिक्षामा, मुलुकमा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्न राष्ट्रिय जनशक्ति प्रक्षेपण कार्यदलले काम गरिरहेको छ । उच्चस्तरीय शिक्षा आयोगले आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ । यद्यपि यस सन्दर्भमा चिकित्सा शिक्षामा निजी क्षेत्रको सहभागिता हुने नहुने र विद्यालय शिक्षामा निजि क्षेत्र नभै नहुने जस्ता अनौठा विरोधाभाष प्रकट भइरहेको छ ।’

सम्बोधनको क्रममा उनले आफ्नो नेतृत्वमा सरकार बनेपछि अस्थायी शिक्षकको परीक्षा सञ्चालन गरी अन्तवार्ता गरिएको, २११ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा लागू भएको बताए ।

सो क्रममा उनले आगामी वर्षमा मुलुकलाई साक्षर मुलुक बनाउन साक्षरता अभियान सञ्चालन गरिने पनि संसदलाई जानकारी दिए।प्रम ओलीले हालसम्म ६ हजार ६ सय ८८ विद्यालय निर्माण भइसकेको पनि बताए ।

:326 Views

Leave a Reply