बालबालिकाको बिदा उपयोगी बन्यो, किड्स विन्टर क्याम्प

काठमाडौं, ८ माघ । माउन्ट सेइब स्कुल र माउन्ट सिनाई इङ्लिश स्कुलको आयोजनामा भएको ‘किड्स विन्टर क्याम्प’ सम्पन्न भएको छ ।

जडिबुटिस्थित माउन्ट सेइब स्कुलमा गरिएको शिविरमा ४ वर्षदेखि १२ वर्षसम्मका ३५ जना बालबालिकाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन बेलुन उडाएर गरिएको थियो ।

माउन्ट सिनाई इङ्लिश स्कुलका प्रिन्सिपल विप्लव प्रजापतिले बालबालिकाको जाडो बिदाको सदुपयोग गर्ने उद्धेश्यले गरिएको शिविरले बालबालिकालाई अतिरिक्त प्रतिभा प्रस्फुटनको लागि पनि स्थान दिएको बताएका छन् ।

शिविरमा आउट डोर र इनडोर, कला, नृत्य, क्याम्प फायर, संगित, नाटक प्रस्तुती, कथा बाचन,अनुहारमा चित्र बनाउने, योगा, खाना बनाउने कक्षा लगायतका क्रियाकलाप भएको शिविर व्यवस्थापक ब्राइट स्कील एजुकेशन सेन्टरको निर्देशक देवना जोशीले बताएकी छिन् ।

शिविरमा बालविशेषज्ञ डा. सरेन्द्रविर कर्माचार्यले बालबालिकाको स्वास्थ्य परीक्षण गरेका थिए भने स्थलगत भ्रमणका लागि विद्यार्थीलाई पाटन दरबार स्क्वार र सिरुटारको टाइगर लिल्ली पेटिङ फार्ममा लगिएको जोशीले जानकारी दिइन् ।

पुष २६ गते बिहिबारबाट सुरु गरिएको शिविर माघ ४ गते शुक्रबारसम्म चलेको थियो ।

:184 Views

Leave a Reply