वागीश्वरीमा शैक्षिक प्रदर्शनी सम्पन्न

भक्तपुर– वागीश्वरी माविमा अध्ययनरत कक्षा ६, ७ र ८ को संयुक्त आयोजनामा माघ ११ गते शुक्रबार शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ ।
प्रदर्शनीमा विद्यार्थीहरुले विज्ञान, पेशा व्यवसाय, कम्प्युटर, गणित, सामाजिक विषयलगायत विभिन्न विषयस“ग सम्बन्धित शैक्षिक सामग्रीहरु प्रदशैन गरेका थिए ।
विद्यार्थीहरुले प्रदर्शनीका लागि हाइड्रोलिक क्रेन, क्याण्डी मेसिन, जा“तो, ढिकी, ओखल, ठेकी, बोतल खेती, अम्लीय वर्षा, हावाबाट चल्ने मेसिनआदि शैक्षिक सामग्रीहरु बनाएका थिए ।
प्रदर्शनी विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुले अवलोकन गरेका थिए ।

:180 Views

Leave a Reply