कलम

सुप्रिमा के.सी

सानो सानो कलम मेरो
तर काम यसको ठूलो
यै कलमले गर्दा मानिस
बन्छन् संसारमै महान ।

क ख ग घ र
ए बी सी डी
यै कलमले लेख्छु
भविष्यको सुन्दर सपना
यै कलममा देख्छु ।

यै कलमले कथा लेख्छु
यै कलमले कविता
यै कलमले अक्षर बन्छन्
गीतका मिठा भाका ।

कलम मेरो साथी अनि
कलम नै मेरो सबै थोक
कलमले नै सुन्दर भविष्य दिन्छ
कलमले नै सपना पूरा गर्छ ।

कक्षा ७
नव कुञ्ज स्कुल, सिद्धिपुर, ललितपुर

:245 Views

Leave a Reply