एनप्याब्सनद्वारा शिक्षाविद् तथा संस्कृतिकर्मी सम्मानित

भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल(नेशनल प्याब्सन) भक्तपुरले शिक्षाविद् तथा संस्कृतिविद्लाई सम्मान गरेको छ ।
नेशनल प्याब्सन भक्तपुरको सातौं वार्षिक साधारणसभाको अवसरमा त्रिवि शिक्षा संकायका पूर्व डीन एवं शिक्षाविद् पृथुचरण वैद्य र संस्कृतिकर्मी एवं शिक्षासेवी तेजेश्वरबाबु ग्वंगःलाई शनिबार सम्मान गरेको हो ।
भक्तपुरमा रहेर भक्तपुरको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै शिक्षाविद् वैद्य र संस्कृति क्षेत्रमा निरन्तर लागिरहेका ग्वंगलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको एनप्याब्सन भक्तपुरका अध्यक्ष जीबी खड्काले जानकारी दिए ।
कार्यक्रममा संघीय सांसद एवं नेशनल प्याब्सनका पूर्व अध्यक्ष गीता राणाले शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गर्नु सराहनीय भएको चर्चा गर्दै शिक्षामा गुणस्तरीयताका लागि सबै पक्षबीच सहकार्य आवश्यक भएको बताइन् ।
उनले उनले शिक्षामा निजी क्षेत्रलाई भित्र्याउने काम सरकारबाटै भए पनि निजी विद्यालयले शिक्षा क्षेत्रमा दिएको योगदान सरकारले नदेख्नु विडम्वनाको विषय भएको चर्चा गर्दै अहिलेको अवस्थामा निजी विद्यालयलाई हटाउन सक्ने परिस्थिति नभएको बताइन् ।
सरकारी विद्यालयको तुलनामा निजी विद्यालयले शैक्षिक गुणस्तरमा उल्लेख्य योगदान दिएकाले निजीको गुणस्तर र क्रियाशीलतामा शिथिलता ल्याउने र नेपालको शिक्षालाई ध्वस्त बनाउने उद्देश्यले सरकारले विभिन्न विदेशी दाताहरुको भरमा राम्रो गरिरहेका निजी विद्यालयलाई नियमन गर्न खोजेको उनको थियो ।
उनले विकास र समृद्धिको लागि शिक्षाको विकासको अपरिहार्यता रहेकोमा जोड दिँदै निजी विद्यालयलाई संकुचन गर्ने विषय संविधानको मौलिक हकविपरीत भएकाले शिक्षाको विकासका लागि प्रिन्सिपल र सञ्चालकलाई निर्धक्क भएर लगानी गर्न पनि अनुरोध गरिन् । उनले निजी विद्यालयले विद्यार्थी र शिक्षाको विकासका लागि गरिने कामको पछाडि सिंगो एनप्याब्सन रहेकाले लगानी गर्न नडराउन पनि अनुरोध गरिन् ।
शिक्षाको विकासका लागि सरकारी र निजी पक्षबीच सहकार्य हुनु जरुरी रहेकाले शिक्षामा गुणस्तरीयता भित्र्याउन लगानी मुख्य विषय भएको उल्लेख गर्दै सार्वजनिक विद्यालय सुधार्नका लागि सरकारले लगानी बढाउनुको विकल्प नरहेको समेत जनाइन् ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षा संकायकी सहायक डीन डा. कृश्मिला आचार्यले शिक्षा क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नरहेको आरोप लगाइन् । उनले शिक्षाको विकासको लागि बलियो नियमावलीको खाँचो रहे पनि सरकारले त्यो खाँचो पूर्ति गर्न नसकेको बताइन् ।
कार्यक्रममा सम्मानित व्यक्तिहरु शिक्षाविद् पृथुचरण वैद्य र संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले शिक्षासँगै संस्कारको जरुरी रहेको बताउँदै संस्कारविनाको शिक्षा पूर्ण नहुने उल्लेख गर्दै निजी विद्यालयहरुलाई लाग्दै आएको आरोप घटाएर विद्यालय सञ्चालन गर्न अनुरोध गरे ।
शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख हरि दाहाल, एमनेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विक्रम ढुकुछु, नेशनल प्याब्सन भक्तपुरका सचिव शिवकृष्ण कवांलगायतले बोलेको सो कार्यक्रममा नेशनल प्याब्सनको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगिताअन्तर्गत स्याक रेस(बोरा दौड) मा प्रथम हुन सफल क्वालिटी स्कुलका आशुतोष बास्तोला, दोस्रो भएका पारिजात विद्याकुञ्जका कृश्चल अधिकारी र तेस्रो भएका मदरल्याण्ड स्कुलका असीम केसीलाई पुरस्कृत गरिएको प्रतियोगिता संयोजक विक्रम थापाले बताए ।
उनका अनुसार गणितीय दौडमा क्वालिटी स्कुलका जस्मिन लामिछाने, मदरल्याण्ड स्कुलका सम्झना श्रेष्ठ र क्वालिटीकै गौरब लामिछाने क्रमशः प्रथम, द्धितीय तृतीय भएका थिए भने चम्चा दौडमा मदरल्याण्ड स्कुलका रोजन तामाङ प्रथम, क्वालिटीका सुन्दर पाण्डे द्धितीय र प्रशादी पाठशालाका विल्सन लामा तृतीय भएका थिए ।
यता फुुटसलको सिनियर र जुनियरतर्फको खेलमा सिनियरतर्फ सक्रेट हार्ट प्रथम, डेमोस द्धितीय र मदरल्याण्ड र युनिटी तृतीय तथा जुनियरतर्फ डेमोस प्रथम, आरक्षण नेशनल एकेडेमी द्धितीय र बिमल विद्यापीठ तथा एसएस सदन तृतीय भएका थिए ।

:229 Views

Leave a Reply