१४ औँ राष्ट्रिय महाधिवेशनका लागि टिकाराम पुरी प्यानलको उम्मेदवारी घोषणा

काठमाडौँ, २७ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को १४ औँ राष्ट्रिय महाधिवेशनमा टिकाराम पुरीले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको छन् ।
उनीसँगै राजेन्द्र बानियाँले वरिष्ठ उपाध्यक्षमा र काठमाडौँबाट गोपाल आचार्य, रुपन्देहीबाट कृष्ण खनाल, सप्तरीबाट अनिल झा र भक्तपुरबाट दीपिका थापाले उपाध्यक्षका लागि खुलातर्फमा आफ्नो उम्मेदवारी दिने भएका छन् ।
त्यस्तै प्रदेश उपाध्यक्षहरूमा प्रदेश नं. १ नारायण घिमिरे, प्रदेश नं. २ गोपाल कार्की, प्रदेश न ३ मा शान्तकुमार बानियाँ, गण्डकी प्रदेश माधवशरण उपाध्याय, बिष्णु पन्थी रुपन्देही, महासचिवमा ईश्वरबहादुर गुरुङ, उपमहासचिवमा कुमार घिमिरेले पनि उम्मेदवारी दिने बताएका छन् ।
उम्मेदवारीकै क्रममा कोषाध्यक्ष पदका लागि मधु लोहनी, सचिवहरूमा राजेशकुमार दास (मोरङ), रत्न महर्जन (ललितपुर), राजकुमार महर्जन (भक्तपुर), संगिता सिलवाल (काठमाडौं), सह कोषाध्यक्षहरूमा जीवन आचार्य (दाङ), र मीनप्रसाद बन्जाडे (पाल्पा) रहेका छन् ।
प्याब्सनले १४ बुँदे प्रतिवद्धतासहित प्रेस विज्ञप्ति जारी गरेको छ ।

 

:128 Views

Leave a Reply