राजस्वि पाठशालाका विद्यार्थी ओम शान्तिमा

भक्तपुर, बैशाख २७ । राजस्वि पाठशालाको नियमित भ्रमण अन्र्तगत यस महिनाको शैक्षिक अवलोकन भ्रमण धार्मिक स्थल ओम शान्ति मन्दिर, छालिङ पुगेका छन् । धार्मिक संहिस्नतामा विद्यार्थी सानैमा अभ्यस्त रहुन र प्राकृतिक, धार्मिक, साँस्कृतिक तथा औद्योगिक लगायतमा विद्यार्थीलाई वाल्यअवस्था बाटै सम्बन्धित स्थानमै पुर्याई सिकाउने मुख्य उद्देश्यका साथ नियमित मासिक भ्रमणको व्यवस्था राखेको प्रिसिपल कान्ति केसीले बताए ।
‘एकल परिवारमा आफ्नो व्यवसायिक कार्यब्यस्तताका कारण नानीहरुलाई घुमाउन समय नहुनु र यस पाठशालाको नियमित भ्रमण ब्यवस्थाले नानीमा सकारात्मक परिवर्तन आएको पाएँ । यस्ता कार्यक्रमले बालबालिकामा सन्तुलित बिकास गर्नेमा म ढुक्क छु ।‘ नर्सरीका अभिभावक लक्ष्मीश्वरी सैजुले बताए ।

:88 Views

Leave a Reply