स्क्रयाबल एशोसिएशन अफ नेपालको भक्तपुर जिल्ला कार्यसमिति गठन

भक्तपुर, ज्येष्ठ २ । गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नं. २, अर्चलबोटमा केन्द्रिय कार्यालय रहेको स्क्रयाबल एशोसिएशन अफ नेपाल (Scrabble Association of Nepal – SAN) को भक्तपुर जिल्ला कार्यसमिति गठन भएको छ । भक्तपुरका शिक्षाकर्मीहरुको एक भेलाबाट गठित उक्त समितिमा गोल्डेन गेट इंग्लिश सेकेण्डरी स्कूलका प्रिन्सिपल सिङ्ग लामा संयोजक रहेका छन् । सदस्यहरुमा माउन्ट भ्यू बोर्डिङ स्कुलका प्रिन्सिपल राजकुमार महर्जन, नवरत्न ई.से. स्कूलका प्रिन्सिपल सुरेन्द्र तुबन्जा श्रेष्ठ, एड्भान्स एकेडेमीका प्रिन्सिपल सोमकृष्ण प्रजापति, प्रवेश एकेडेमीका प्रिन्सिपल प्रेमप्रसाद कर्माचार्य, लिशा ई.से. स्कुलका प्रिन्सिपल लिशा प्रजापति, विनायक शिक्षा निकेतनका सह—प्रिन्सिपल प्रेमप्रसाद निरौला, माउन्ट भ्यू बोर्डिङ स्कूलका शिक्षक रोशन थापा रहेका छन् ।
उक्त भेला मध्यपुर ठिमी स्थित नवरत्न इङ्गलिश सेकेण्डरी स्कूलमा आयोजना भएको थियो ।

नवगठित समितिले भक्तपुरका विभिन्न विद्यालयहरुमा स्क्र्याबल खेलको प्रचार–प्रसार गर्ने लक्ष्य लिएको छ । त्यसैगरी समितिले आगामी भाद्र २७ गते शुक्रवार भक्तपुर जिल्ला स्क्र्याबल च्याम्पियनशिप आयोजना गर्ने भएको छ भने उक्त च्यम्पियनशिपबाट छानिएका विद्यार्थीहरुले राष्ट्रिय स्क्र्याबल च्याम्पियनशिपमा भाग लिंदै अन्तर्राष्ट्रिय च्याम्पियनशिपका लागि समेत प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन् । स्क्र्याबल खेल शब्द निर्माणमा आधारित दिमागीय खेल भएकोले यसले विद्यार्थीहरुमा शब्द–साहित्यजन्य प्रतिभाको द्रुत विकासमा महत्वपूर्ण योगदान दिने संयोजक लामा बताउँछन् ।

:110 Views

Leave a Reply