दश अब्बल विद्यालय

भक्तपुर, २२ असार । राष्ट्रिय परीक्षा बोर्डका  अनुसार सरकारी तथा निजि गरी भक्तपुरमा कक्षा ११ र १२ को पढाइ हुने विद्यालय संख्या ३९ छ । ती विद्यालयहरु सबैको आआफ्नै विशेषताहरु छन् । गत ९ असारमा राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा प्रकाशनपछि विभिन्न जिपिए हासिल गरेका विद्यार्थीहरु अहिले विषय तथा कक्षा ११ पढाइ हुने अब्बल विद्यालयको खोजीमा छन् ।

विद्यालय कसरी अब्बल हुन्छन् ? त्यसका विभिन्न आधारहरु छन् । विभिन्न आधारहरुमध्ये विद्यालयले हासिल गरेको नतिजालाई एक आधार मान्न सकिन्छ ।

हालै मात्र राष्ट्रिय परीक्षा बोर्डले ‘एनइबी रिजल्ट एट अ ग्ल्यान्स्(२०७०–२०७४) प्रकाशन गरेको छ । उक्त रिपोर्ट अनुसार शैक्षिक सत्र २०७२ देखि २०७४ सम्मको कक्षा ११ र १२ मा विद्यालयहरुले हासिल गरेको शैक्षिक उपलब्धिलाई अध्ययन गर्दा भक्तपुरका विद्यालयहरुमध्ये उत्कृष्ट १० को क्रममा जम्मा १७ विद्यालय पर्न सफल भएका छन् । तिनीहरुमा एसओएस हर्मन माइनर स्कुल, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, सैनिक आवासीय मावि, मोर्डन बोर्डिङ स्कुल, चाणक्य कलेज, सिबर्ड इन्टरनेशनल कलेज, निकल्सन कलेज, अरनिको मावि, एरुडाइट एकेडेमी, सुप्रिम एकेडेमी, देवी मावि, आदर्श जनप्रेमी मावि, शारदा क्याम्पस मावि, सूर्यदीप इंग्लिश सेकेण्डरी स्कुल, कालिका इंग्लिश सेकेण्डरी स्कुल, सरस्वती थाकलमठ र दोलागिरी मािव रहेका छन् ।

ती विद्यालयहरुमध्ये दोलागिरी मावि, सरस्वती मावि, देवी मावि र अरनिको मावि मात्र सरकारी हुन्, ख्वप मावि र शारदा क्याम्पस भक्तपुर नगरपालिकाबाट सञ्चालित हुन् भने बाँकी सबै निजिस्तरबाट सञ्चालित विद्यालयहरु हुन् ।

शैक्षिक वर्ष २०७२ को कक्षा ११, शैक्षिक वर्ष २०७३ को कक्षा १२ र शैक्षिक वर्ष २०७३ को कक्षा ११ मा गरी एसओएस स्कुल तीनपटक पहिलो हुन सफल भएको तालिकाले देखाएको छ ।  ख्वप मावि दुई पटक( शैक्षिक वर्ष २०७२ को कक्षा ११, शैक्षिक वर्ष २०७३ को कक्षा ११) मा उत्कृष्ट ७ मा, एकपटक( शैक्षिक वर्ष २०७३ को कक्षा १२) मा दोस्रो  र शैक्षिक वर्ष २०७४ को कक्षा १२ को परीक्षाफलका आधारमा छैटौंमा परेको देखिन्छ ।

त्यस्तै सैनिक आवासीय मावि पनि शैक्षिक वर्ष २०७३ को कक्षा ११ र शैक्षिक वर्ष २०७४ को कक्षा १२को परीक्षाफलमा चौथोमा, मोर्डन बार्डिङ स्कूल दुईपटक तेस्रो स्थानमा र दुईपटक पाँचौं स्थानमा परेको छ । विद्यालयहरुले हासिल गरेको नतिजामा उतारचढाव आएसँगै वार्षिक रुपमा उनीहरुको क्रममा पनि उतारचढाव आएको छ ।

:363 Views

Leave a Reply