अहिले धेरै नरम भएको छु

संखुवासभा खाँदवारीमा जन्मेका कुमार घिमिरे २०४४ सालमा झापाको पशुपति मावि, राजगढबाट एसएलसी दिएपछि लगत्तै ४५ सालमा उच्च शिक्षाको लागि काठमान्डौँ प्रवेश गरेका हुन् । सरस्वती बहुमुखी क्याम्पसबाट उच्च शिक्षाको यात्रा थालेका उनलाई सेनामा जाने तीब्र चाहना थियो । तर आफ्नो कमजोर अंग्रेजी भाषा सुधार्ने उद्देश्यसहित शिक्षण पेशा अंगालेका उनले ५२ सालमा आफैले एउटा विद्यालय खोले । काठमाडौँको जोरपाटीमा अरुणज्योति विद्या मन्दिरको स्थापनासँगै शिक्षा क्षेत्रमा दरिलो पाइला टेकेका उनले प्याब्सनको १४ औँ राष्ट्रिय महाधिवेशनबाट कन्देीय महासचिवको जिम्मेवारी पाएका छन् । उनी अरुणज्योति विद्या मन्दिरका संस्थापक, सांगिंला पब्लिक स्कुलको प्रिन्सिपल तथा जया मल्टिपल क्याम्पसका अध्यक्ष हुन् । दुई दशकभन्दा लामो समयदेखि प्याब्सनमा आवद्ध घिमिरे आफूलाई सांगठनिक व्यक्ति भएको बताउँछन । नगर्ने कुरा नबोल्ने तर गर्न सक्ने कुरा नछोड्ने प्रकृतिका कुमार घिमिरेबारे थप जानकारी उनकै शब्द र शैलीमा ।

सेवा गर्न रुचाउने स्वभाव छ मेरो । तर सेवा भन्ने वित्तिकै निशुल्क काम भन्ने आम बुझाइ छ जुन गलत हो । इमान्दारीपूर्वक गरिएको काम आफैमा सेवा हो । त्यसबापत केही शुल्क तिर्न परेपनि काम गतिलोसँग भएको छ भने त्यो सेवा नै हो भन्ने मेरो ठम्याइ हो । त्यसअर्थमा मैले शिक्षा क्षेत्रमा रहेर समुदाय र देशको सेवा गरिरहेको छु ।

म पहिले कडा स्वभावको थिएँ । विद्यालयमा पनि कडा नै थिएँ । त्यही भएर पनि विद्यार्थीहरू मसँग डराउँथे । उहिलेका विद्यार्थीले आजभोलि भेट्दा “सरसँग त भेट्न पनि डर लाग्छ” भन्दा उतिबेला रावण नै भइएछ कि क्या हो जस्तो लाग्छ । तर अहिले बदलिएको छु । विद्यार्थीलाई पिटेर होइन माया र प्रेमले सम्झाउन थालेको छु । पहिलेको आफू सम्झँदा पछुतो लाग्छ ।

तर केही कुरामा अहिले पनि म उतिकै दृढ छु । आफूले जानेको कुरामा म अहिले पनि कडा प्रस्तुत हुने गर्छु । आफूले बुझेको कुरा खुला रूपमा अभिव्यक्त गर्ने कुरामा अहिले पनि कडा छु । छोरीहरूलाई भौतिक, मानसिक, आर्थिक, सामाजिक, संवेगात्मक हरेक हिसावले बढी विचार पुर्याउनुपर्छ भन्ने कुरामा जस्तो अडिग थिएँ अहिले पनि छु ।

केही कुरामा अहिले पनि म उतिकै दृढ छु । आफूले जानेको कुरामा म अहिले पनि कडा प्रस्तुत हुने गर्छु । आफूले बुझेको कुरा खुला रूपमा अभिव्यक्त गर्ने कुरामा अहिले पनि कडा छु । छोरीहरूलाई भौतिक, मानसिक, आर्थिक, सामाजिक, संवेगात्मक हरेक हिसावले बढी विचार पुर्याउनुपर्छ भन्ने कुरामा जस्तो अडिग थिएँ अहिले पनि छु ।

अधिकार समान दिनुपर्छ भन्नेमा दुईमत छैन तर छोरीलाई हेर विचार बढी गर्नु पर्छ भन्ने कुरामा म पहिले जतिकै कडा छु । मैसरहका साथीहरूसँग भेट हुँदा निकै तनावपूर्ण जीवनशैलीको कुराकानी हुन्छ । सांसारिक विलासिताप्रति मेरो गहिरो लगाव छैन । त्यही कारण म आफूलाई खासै तनाव नलिने मान्छे सोच्छु । म अरुलाई सम्मान गर्छु, अरुका इच्छा चाहनाको आदर गर्छु । अरुबाट खासै धेरै अपेक्षा पनि राख्दिनँ । जोसँग जे छैन वा जोसँग जुन चिजको कमी छ उसँग त्यो कुराको अपेक्षा गर्नु तनावको मूल श्रोत हो । जीवन बुझ्ने अनि अर्कालाई चिन्न कोसिस गरे जीवनमा तनाव भन्ने कुरा या त कम हुन्छ या त जीवन तनावमुक्त हुन्छ । मै सबथोक भन्न छोड्नुपर्छ । म अध्यात्ममा विश्वास गर्छु । त्यसले पनि मलाई सन्तुष्टि दिन्छ । सन्तुष्टि सबै खोज्छन् तर त्यो त्यसै हुँदैन । त्यसका लागि निरन्तरको अभ्यास चाहिन्छ ।

म कस्तो बन्न चाहन्छु भनेर कसैले सोधे म भन्छु, ‘म आफै जस्तो बन्छु ।’ मरेर जानेबेलासम्म कसैका लागि प्रेरणाको श्रोत भएर मर्न चाहन्छु । जोसँग पनि मिल्ने मिलनसार भएर बाँच्न चाहन्छु । आफूले गर्न नसक्ने कुरा बोल्दिनँ तर गर्न सक्ने कुरा गर्न बाकी राख्दिनँ । म यस्तो छवि बनाएर मर्न चाहन्छु ।

:91 Views

Leave a Reply