विनायकमा शिक्षक शिक्षिकालाई तालिम

मध्यपुर थिमि । विनायक शिक्षा निकेतन ई से स्कुल मध्यपुर थिमिले गते कक्षा १ देखि १० सम्म अध्ययनरत शिक्षक शिक्षिकाहरुका लागि तालिमको आयोजना गरेको छ ।

२१ औं शताब्दीको माग अनुसारको गुणस्तरीय र वैज्ञानिक शिक्षा पद्धति अनुसार शिक्षक शिक्षिकाहरुलाई अपडेट गराउँदै समयको माग तथा विद्यार्र्थीहरुको रुचि र क्षमतालाई मध्यनजर राख्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाईका अधिकृत यमुना पोख्रेल तथा मध्यपुर थिमि नगरपालिकाका स्रोत व्यक्ति राज्यलक्ष्मी श्रेष्ठले उपस्थित शिक्षक शिक्षिकाहरुलाई TIP, LOCAS र SARP का विषयमा तालिम प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले समयको माग, अभिभावकको आशा र विद्यार्थीको रुचि र चाहना अनुसारको जीवनउपयोगी र व्यवहारिक शिक्षा दिन र आत्मनिर्भर नागरिक बनाउन शिक्षक शिक्षिकाले आफूलाई परिवर्तन गर्दै समयानुकूल शिक्षणविधि र प्रक्रिया अनुसारले शिक्षण गनुपर्ने कुरामा जोड दिए ।

:55 Views

Leave a Reply