ग्ल्याडस्टोनका विद्यार्थी मानव विद्या गृहमा

मध्यपुर थिमी, श्रावण १६ |  मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमी शिक्षाको क्षेत्रमा मात्र नभइ समाजिक तथा राष्ट्रिय चासोको विषयमा पनि आफूलाई निरन्तर समाहित गराउँदै आएको छ । ग्ल्याडस्टोन समुदायमा (Gladstone in Community)  का रूपमा सञ्चालन गर्दै आएको प्रत्यक्ष सामाजिक तथा राष्ट्रिय चासोको विषयमा ग्ल्याडस्टोन दत्तचित्त भइ लागेको विद्यालयका संस्थापक प्रधानाध्यापक विनोद कुमार कोइराला बताउँछन् ।
वि.सं.२०६९ सालको प्रवेशिका परीक्षामा छात्रातर्फ नेपाल प्रथम र २०७० सालको प्रवेशिका परीक्षामा दोश्रो स्थान हासिल गरेको विद्यालयले ब्रिटिश सरकार र नेपाल सरकारले संयुक्त रूपमा प्रदान गर्ने अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार International School Award, ISA सन् 2013-2016 र 2016-2019 लगातार दुई पटक प्राप्त गर्दै आफूलाई अब्बल विद्यालयका रूपमा स्थापित गराउन सफल भएको छ ।
दोस्रो पटक 2016-2019 को अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार आइएसए प्राप्त गरेपछि सामाजिक कार्य योजना (Social action project) का लागि विद्यालयले गत जेठ २० गतेदेखि शिक्षक सबिन श्रेष्ठको संयोजकत्व र विद्यार्थी करिना घजुको अध्यक्षतामा स्टुडेन्ट काउन्सिल गठन गरि मध्यपुर थिमी सिद्धिकालिमा रहेको मानव विद्या गृहमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुको सहयोगका लागि रकम जम्मा गर्ने कार्य स्वरुप विद्यालय तथा विद्यालय बाहिर विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । सो क्रममा लक्ष्य साँगितिक समूहको साँगितिक प्रस्तुति, नाटक मञ्चन लगायतका कार्य गरि जम्मा गरिएको रकमबाट एक कार्यक्रम बिच ग्ल्याडस्टोन एकेडेमीका प्रधानाध्यापक विनोद कुमार कोइरालाले मानव विद्या गृहका प्रधानाध्यापक बाबुकृष्ण रञ्जितलाई ५०० लिटरको पानी ट्याङ्की १ थान, पानी तान्ने मोटर १ थान र कक्षा कोठामा राख्ने डस्टबिन ५ थान हस्तान्तरण गरे ।
विगत ३÷४ महिना निरन्तर विद्यालयको भ्रमण तथा अवलोकनबाट हासिल गरेको ज्ञान तथा सिपको प्रयोगबाट आफूहरू यी कार्यक्रम गर्न सफल भएको कुरा शिक्षक सबिन श्रेष्ठले बताए । ग्ल्याडस्टोन एकेडेमीका विद्यार्थीहरुको गीत तथा नृत्यबाट त्यस विद्यालयका विद्यार्थी पनि निकै खुशी देखिन्थे । यस्तो कार्यक्रमबाट आफ्ना विद्यार्थीहरुमा उच्च मनोबलको विकासका साथै मित्रताको भावना विकास भएकोमा खुशी व्यक्त गर्दै मानव विद्या गृहका प्रधानाध्यापक बाबुकृष्ण रञ्जितले बौद्धिक अपाङ्गता भएकाहरुले पनि अन्य व्यक्ति सरह राष्ट्रका लागि ठोस योगदान पु¥याउन सक्ने भएकाले छिःछि र दुर्दुर नगरी आत्मसम्मानका साथ जिउने वातावरण सृजना गर्न कार्यक्रममा उपस्थित सबैलाई आग्रह गरे ।

:335 Views

Leave a Reply