फिचर

‘सामान्य विद्यार्थी जसरी पढ्ने समय भएको भए अझ राम्रो नतिजा आउँथ्यो’

सबिना बानियाँ / भक्तपुर । सिन्धुपाल्चोकको फुल्पीङकोटमा जन्मिएकी ३० वर्षीय तारा न्यौपाने यस वर्ष एसईई परीक्षाको नतिजाको पर्खाइमा थिइन् । १४ वर्षको उमेरमा विवाह गरेर पढाइ रोकिएकी उनले १४ वर्षपछि पढाइलाई निरन्तरता दिएकी थिइन् । असार ११ बुधबार नतिजा प्रकाशन हुन्छ भन्ने गाइगुई सुन्ने...

मिस लिटिल नेवा ११३९ सनिशा भन्छिन् ‘इन्टरनेट नचलाएको भए मिस नेवाबारे थाहा नै हुन्नथ्यो’

जहाँ आफ्नो इज्जत हुन्छ, जहाँ मलाई सुन्छन् त्यस्तो ठाउँमा मात्र जाने । टाढा जान परे वा राति निस्कन परे एक्लै ननिस्कने, साथमा अभिभावक लिएर जाने भन्ने कुरा प्रशिक्षणको बेलामा हामीलाई प्रशिक्षकहरूले बताउनु भएको थियो ।

गुणस्तरीय शिक्षणको गुरु योजनाः पाठ योजना

शिक्षा संकाय पढेका शिक्षकहरूले अध्ययनकै क्रममा पाठ योजनाबारे अध्ययन गर्नुपर्छ । अभ्यास शिक्षणमा जाँदा त्यसको उपयोग पनि गर्छन् । तर अन्य संकायको अध्ययन गरेर शिक्षक हुनेलाई शुरुमा पाठ योजना बनाउन कठिनाई हुने धेरै शिक्षकहरुको अनुभव छ । त्यस्ता कतिपय शिक्षकहरूसँग आफूले पढाउन लागेको विषयमा...

फोहरबाट मोहर र मोहरबाट पढ्ने सामग्री

फोहरबाट मोहर त बन्यो अब यसलाई के गर्ने भनेर सोचेपछि यसबाट पनि सहयोग गर्रौँ भन्ने निचोड निकाल्यौँ । हामी शिक्षा क्षेत्रमै लागेकाले हामीले शिक्षा क्षेत्रमै सहयोग गर्ने निधो गर्यौँ । ‘एभरेष्ट स्टेशनरी फन्ड’ मा जम्मा भएको पैसाबाट हरेक वर्ष फागुन १ गते विद्यालयको स्थापना...

होम भिजिटका लागि के के तयारी गर्ने ?

कुनै पनि काम गर्नुपूर्व तयारी जरुरी हुन्छ, योजना बनाउनु जरुरी हुन्छ । विद्यालयले गर्ने होम भिजिटका लागि पनि विशेष तयारी गर्नुपर्ने अनुभवी शिक्षक र प्रिन्सिपलहरू बताउँछन् । विनातयारीको होम भिजिट मात्र औपचारिकता हुने भएकाले तयारी सुरुमै गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । यसैले प्रअ ढकाल भन्छन्,...

‘यसपालिको एसईई दिन हामी पनि तयार छौँ’

सिन्धुपाल्चोकको फुल्पीङकोटमा जन्मिएकी तारा न्यौपाने सानै उमेरदेखि पढाइमा अब्बल थिइन्। गाउँकै महेन्द्र क्रान्ति माध्यमिक विद्यालयमा कक्षा सातमा पढ्दै गर्दा १४ वर्षको उमेरमा उनको विवाह भयो। विवाहपश्चात पढाइ रोकियो तर पढ्ने इच्छा जीवित नै रह्यो। विवाहपछि घरव्यवहार र सन्तान स्याहारसुसारमा उनको समय कट्दै जान थाल्यो। ...

दुई वर्ष पुरा भएका बच्चालाई किन पठाउने प्रि स्कुल?

कक्षाकोठामा थरीथरीका सामग्री । हस्तकलामार्फत बनाइएका सामग्रीले कक्षाकोठा सजिएका । यिनै कलात्मक सामग्रीले साना नानीहरूको मन तानेको छ । जसका कारण साना बालबालिका कक्षामै भुल्ने गर्छन् । बाहिर निस्कन मान्दैनन् । कक्षाकोठामा नाच्छन्, गाउँछन्, रमाउँछन् । शिक्षिकाले उनीहरूलाई सघाउँछिन् । यस्तै वातावरणमा बालविकासका बालबालिकाले...

घरमा मात्र हैन, कक्षामा पनि बुबाआमा

सबिना बानियाँ/ काठमाडौं । काठमाडौंमा बसिरहेका विश्व घिमिरेलाई उनका छोराछोरी पढ्ने स्कुलबाट निमन्त्रणा आयो । पत्रमा थियो, ‘व्यवहारिक ज्ञान दिन, पढाइमा मात्र सीमित भयो, भोलि पढेर के बन्ने, जीवनमा के कठिनाई आउँछ र आफू कसरी सफल भएँ भन्ने विषयमा बोलिदिनका लागि अनुरोध गरिन्छ ।’...

शिक्षा बीएड, काम इँटा भट्टामा : ‘तर, मैले हार मानेको छैन’

-हरिसुन्दर छुकां/ भक्तपुर । ‘मेरो विचारमा अहिलेको अवस्थामा आफूसँग योग्यतामात्र भएर पुग्दैन, धेरै कुराहरु चाहिने रहेछन्, त्यो चाहिँ मैले भोगिसकेको कुरा नै हो ।’ मकवानपुरका उर्मिला लामा, २४ ले शिक्षा संकायमा स्नातक सकाएको पनि चार वर्ष बित्यो। पढाइ सकेपछि काम गर्नुपर्छ भन्ने हिसाबले काम...

स्कुलको रोजाइमा पर्दै गोर्खा इको प्यानल

भक्तपुर । इको प्यानलबाट तीव्र गतिमा निर्माण सम्भब भएपछि स्कुलहरुको रोजाइमा गोर्खा इको प्यानल पर्न सफल भएको छ । गोर्खा इको प्यानल नेपालमै बनेको एकमात्र इको प्यानल (प्रिफ्याब्रिकेटेड प्यानल) हो । भूकम्पपछि देशका करिव ४० जिल्लामा इको प्यानलको प्रयोगबाट धमाधम विद्यालय बन्ने क्रम वढेको...