#PABSON

भक्तपुर प्याब्सनको रक्तदान कार्यक्रम

भक्तपुर, जेठ ३२ । भक्तपुर नगर कार्यसमिति प्याब्सनले यो वर्षको पहिलो कार्यक्रम स्वरुप भक्तपुरको सिद्धपोखरीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान नै जीवनदान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका, विद्यार्थी, पत्रकार लगायत विभिन्न आगन्तुक महानुभावको सहभागिता रहेको थियो...

चित्रकला प्रतियोगितामा बेलर र नवरत्न बिजयी

 काभ्रे, ३ जेठ । काभ्रे जिल्लास्तरीय चित्रकला प्रतियोगितामा मावि तहबाट बेलर इन्टरनेशनल एकेडेमीका छात्रा सोनाम डोल्मा र प्राविमा नवरत्न इङ्लिश बोडिङ स्कुलका छात्र रोशन तामाङ प्रथम भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) काभ्रेले आयोजना गरेको सो प्रतियोगितामा माध्यमिक तहबाट प्रगति प्रभात...

निजी विद्यालयको लगानी र सम्पत्तिको सुरक्षा गर्ने दायित्व सरकारको होः शिक्षा मन्त्री

काठमाडौँ, २८ फागुन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षाको अवस्थाले नै राष्ट्रको चिनारी दिने बताउँदै निजी विद्यालयसँग सहकार्य गरेर काम गर्ने बताएका छन्। त्यसका लागि उनले निजी विद्यालयलाई उच्च शिक्षामा आउन आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को...

प्रभावशाली प्याब्सनको लागि मेरो उम्मेदवारी

१४ औँ महाधिवेशनले यस्तो कार्यसमितिको चयन गर्नुपर्छ जसले हजारौँ प्याब्सनिष्टहरूले मेहेनत गरेर कमाएको निजी सम्पत्ति जुन निजी विद्यालयमा लगानी भएका छन् त्यसको सुरक्षा गर्न सक्नुपर्छ । चुस्त, दुरुस्त काम गरेर सरकारसँग वार्ता गरेर हाम्रा विद्यालयका समस्याहरूलाई समाधान गर्न सक्ने कार्यसमिति चाहिन्छ । मैले १२...

‘मेरो उम्मेदवारी सबल र सक्षम समूह निर्माणका लागि’

मैले ललितपुर प्याब्सन जिल्ला सदस्यको रुपमा योजना बनाउँदा जिल्ला तहका उद्देश्यलाई हासिल गर्ने गरी कार्यक्रम बनाउने, तिनको कार्यान्वयनका र विचार निर्माणका लागि विभिन्न कार्यहरु गरेको छु । त्यस्तै प्याब्सनको केन्द्रिय सदस्य र एक कार्यकाल केन्द्रिय सचिवका रूपमा कार्य गर्दा गुणस्तरीय शिक्षाको पक्षमा वैचारिक वहस...

 ‘राज्यलाई निजी विद्यालयले गरेको योगदानलाई बुझाउनेछु’

२ पटक काठमाडौँको जिल्ला अध्यक्ष र केन्द्रिय सचिवालयमा ३ वर्ष काम गरेको छु । निजी विद्यालयको समस्यालाई समाधान गर्नुछ । सबैभन्दा पहिला हामीले मिलेर हाम्रो संगठनका योजनाहरू तयार गर्नुपर्छ । निजी क्षेत्रले यो मुलुकलाई दिगो रूपमा कसरी सहयोग गर्न सक्छ भन्नेमा साझा अवधारणाको निर्माण...

प्याब्सनमा आउने समस्यासँग जुध्न मेरो उम्मेदवारी

कोषाध्यक्ष भएपछि मैले २८ करोडको बजेट पेश गरेको थिएँ । त्यो बजेटमा हाम्रो २५ आना जग्गा, सो जग्गामा १५-१६ करोडको घर बनाउने र २ करोडको ऋण तिरेर अन्य कार्य गर्ने योजना गरिएको थियो । त्यसमा लगभग ८ करोडको काम सकेर हामीसँग २० करोड बजेट...

प्याब्सनलाई आर्थिक रूपमा सबल बनाउन मेरो उम्मेदवारी

हाल प्याब्सनको आर्थिक अवस्था अलि कमजोर देखिएको छ । त्यसो हुनाले दुई वर्ष सहकोषाध्यक्ष र दुई वर्ष कोषाध्यक्ष गरेर कम्तीमा ४ वर्षमा संगठनलाई आर्थिक रूपमा सबल बनाउने मेरो आन्तरिक योजना छ । यसैलाई लिएर अगाडि बढ्ने सोचमा छु । म कलम चलाउनमा रुचि राख्छु...

‘महिलाको हकहितको लागि काम गर्छु ‘

महिला सचिव भएर महिलाको हकहितको लागि काम गर्नेछु । कतिपय सक्षम महिलाहरू पनि घर भित्र चुलोचौको गरेर बसेका छन् । तिनिहरूलाई बाहिर ल्याउने काममा अग्रसर हुनेछु । त्यस्तै प्याब्सनमा पनि महिलाको सहभागिता कम छ । महिलाहरूलाई नयाँ विषयको बारेमा जानकारी दिने र उनीहरूलाई कसरी...

‘निजी विद्यालयको सुरक्षा र समृद्धिको लागि मेरो उम्मेदवारी’

वि.सं २०५८ सालबाट अहिलेसम्म म प्याब्सनमा आबद्ध रहेको छु । जिल्ला कार्यसमितिको साधारण सदस्य हुँदै जिल्लाको कोषाध्यक्ष, जिल्ला उपाध्यक्ष, जिल्ला अध्यक्ष, २ कार्यकाल केन्द्रिय सचिवालय सदस्य र अहिले केन्द्रिय सचिवसम्म आइपुग्दा मैले संगठनलाई बलियो बनाउने काम गरेको छु । आफुसँग भएको अनुभवलाई प्रयोग गरेर...