अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो

मध्यपुर थिमि– निजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुरद्धारा आयोजित जिल्लाव्यापी अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगितामा शंकर नेशनल स्कुल दधिकोटका विजय ढुंगेल पहिलो भएका छन् । कोभिड १९ ले जन्माएका चुनौति र अवसर शिर्षकमा ५ मिनेट बोलेका ढुंगेलले आफ्ना ३२ जना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै पहिलो पुरस्कार जितेका छन् । प्रतियोगिताको दोस्रो स्थान एभरेष्ट पब्लिक स्कूल बोडेकी अविशा मगर र तेस्रो स्थान मोर्डन बोर्डिङ स्कूल दधिकोटकी उपासिका श्रेष्ठले हात पारे । त्यसैगरी सान्त्वना पुरस्कार इष्ट प्वाइन्ट एकेडेमीकी अनुशा लामिछानेले प्राप्त गरिन् ।
प्याब्सन भक्तपुरको अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक विणा पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारीले विजयी विद्यार्थीहरुलार्य पदक प्रमाण सहित पुरस्कार प्रदान गर्नुभयो । अध्यक्ष अधिकारीले सबै प्रतियोगी अनि सहभागी विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रदर्शनका लागि भक्तपुर प्याब्सनले अवसर प्रदान गरिरहने बताउनु भयो । प्याब्सन नेपालका केन्द्रिय प्राज्ञीक सल्लाहकार राजकुमार महर्जनले पढाईको साथै आफूमा भएको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न विद्यार्थी आफैंले शिक्षक अनि अभिभावकलाई जानकारी दिनु पर्ने धारणा राख्नु भयो । प्याब्सन भक्तपुर कार्यसमिति सदस्य एवं प्रज्ञा इंग्लिस स्कूल दूवाकोटका प्रिन्सिपल टंक प्रसाद सिटौलाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । मध्यपुर थिमिको यचु पार्टी भेन्यूमा भएको उक्त प्रतियोगितामा प्रतियोगीहरुले आफ्नोगहकिलो प्रस्तुती दिएका थिए ।भक्तपुर साहित्यिक समाजका काशीराम विरस र राजेन्द्र चित्रकारले प्रतियोगिहरुको मूल्यांकन गर्नुभएको थियो ।

:119 Views

Leave a Reply