अमिनटी स्कुलका विद्यार्थीलाई बधाई र बिदाई

भक्तपुर, १६ असार । कौशलटारस्थित अमिनटी इंग्लिस सेकेन्डरी स्कुलले एसईई २०७५ सालमा सहभागी २६ जना विद्यार्थीहरुलाई बधाई एवं बिदाई गरेको छ ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सबै विद्यार्थीहरुलाई टिका, खाडा र मायाको चिनो दिई बधाई र बिदाई गरिएको थियो । विद्यालयका दुई विद्यार्थी प्रकाश आचार्य र कृतिका भट्टराईले ३.९० जिपिए ल्याएर विद्यालयको अधिकतम ३.८५ जिपिएको इतिहास तोडेका थिए । विद्यालयका प्रिन्सिपल सुर्य भण्डारीले विद्यालयको प्रगतिमा साथ दिने सम्पूर्ण शिक्षक÷शिक्षिका, अभिभावक, कर्मचारी एवं विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । विद्यालयले विद्यार्थीको चौतर्फी विकासको लागि कुनै पनि कदम नछाडेको बताए । उनले विद्यार्थीहरुलाई बधाई दिदै आगामी दिनमा पनि स्कुललाई सम्झेर आउन आग्रह गर्दै केही समस्या परे विद्यालयले र आफूले सक्ने सहयोग र सल्लाह दिने उनले बताए ।

३.९० जिपिए अंक प्राप्त गरेका प्रकाश आचार्यको अनुभूतिले सबैका आँखा रसाएका थिए । उनले १३ वर्ष सोही विद्यालयमा विताएको र भोलिको दिनदेखि साथीहरुसँगको रमाइलो नहुनेमा दुःख पोखेका थिए । आँखामा आँसु झार्दै उनले विद्यालय परिवार, अभिभावकलाई धन्यवाद दिदँै आफ्ना साथीहरुलाई प्रगति देख्दा खुसी लागेको बताए । रोएर खुसी भएको बताउँदै उनले साथीहरुलाई स्कुललाई नबिर्सन आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथी एवं मध्यपुरथिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, विशेष अतिथी केन्द्रिय प्याब्सनका सदस्य एवं भक्तपुर प्याब्सनका प्रमुख सल्लाहकार श्रीकृष्ण केसी, प्याब्सन मध्यपुरथिमी नगर कार्यसमितिका अध्यक्ष एवं जनप्रेमी कलेजका प्रिन्सिपल निलेश आचार्यले विद्यालयको प्रशंसा गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउँन आग्रह गरे । सबै वक्ताले विद्यार्थीहरुलाई बधाई दिदै भक्तपुरमै उच्च शिक्षा लिन आग्रह गरे ।

यस वर्षको एसईईमा ३.६० जिपिए भन्दा माथि ९ जना, ३.२ जिपिए भन्दा माथि ११ जना, २.८ जिपिए भन्दा माथि ३ जना, २.४ जिपिए भन्दा माथि २ जना र २ जिपिए भन्दा माथि १ जनाले ल्याएका थिए ।

:423 Views

Leave a Reply