अस्थायी असफल हुनुको कारण : ‘एनी हाउ, अस्थायी भगाऊ’

कसरी असफल नहोऊन त अस्थायी शिक्षकहरु !

राज्यले शिक्षा क्षेत्रको सबभन्दा ठुलो बाधक अस्थायी शिक्षकहरुलाई मात्र देख्यो। उसले लॉलीपॉप पाएर स्थायी भएका पुराना स्थायी शिक्षकहरु, सिंडिकेट खड़ा गरेका हेड्सरहरु,शिक्षा कार्यालय र त्यसका कर्मचारीहरुको भूमिका ,विभाग र त्यसका कर्मचारीहरुको भूमिका तथा बिभेदकारी शिक्षा नीतिहरुलाई सुदृढ़ र गुणस्तरीय शिक्षाका लागि दोषी कहिल्यै देखेनन।

आफ्नो आलोचना नहोस र आफू प्रति अौंला नठडियोस भने डरले कमजोरिहरुलाई ढाक-छोप गरी आ-आफ्ना साख बचाउन प्रहार गर्ने एउटै सहज र सरल ठाउँ थियो- त्यो थियो अस्थायी शिक्षक, र शुरू भयो “एनी हाऊ, अस्थायी भगाऊ ” जस्ता रणनीतिहरु। अस्थायी शिक्षकले यहि षड्यंत्र नबुझेर आज यो दुर्गति सम्म आईपुगेको अवस्था रहेको छ। सरकारको नियत सफा थियो भने सर्वोच्चको फैसलाको कार्यन्वयन गर्थ्यों। आठऔं र नवौ संसोधन आउँदैनथ्यो। नयाँ सहमती र समझ्यौताको कुनै आवश्यकता नै थिएन।यदि अस्थायी शिक्षकहरु निजामती जस्तै एक ढिक्का थिए भने सरकारलाई उसको नीति उनिहरुका विरुद्ध प्रयोग गर्न निकै मुश्किल पर्ने निश्चित थियो। अनि शुरू भयो अस्थायी शिक्षकहरु माथि प्रहार गर्ने रणनीतिहरु।

१.पहिलो त अस्थायी शिक्षकहरुलाई राजनेताहरु देखिन लिएर तथाकथित बुद्धिजीवीहरु एवम मीडिया जगत लगायतकाले तथानाम अपशव्दहरु प्रयोग गरी मनोबल तोड़ने काम गरियो। यसको उचित प्रतिवाद नत अस्थायी शिक्षकहरुले गर्न सके नत शिक्षकहरुका नाम मा खड़ा भएका संघ, संगठन, महासंघले नै ।उचित अभिभावकत्व पनि पाउन सकेनन अस्थाईहरुले, हक़ अधिकारको त कुरै छोड़ौं।अस्थायी शिक्षकहरु २०औं बर्षो सेवा गर्दा अस्थायी रहिरहनुमा उनीहरुको को कुनै दोष नै थिएन र छैन पनि।

२.अर्को तिर बिद्यार्थी जगतलाई पनि खूब उचालने काम भयो। विद्यार्थीहरुको आंदोलन देखाइ अस्थायी शिक्षकको मुद्दालाई निस्तेज पार्ने र छेकने काम सके सम्म गरियो,जसले शिक्षण पेशा प्रतिनै नैराश्यताको भाव फैलायो आम अस्थायी शिक्षकहरुका माझ।

३.अर्को प्रहार स्वरूप अस्थायी शिक्षकलाई खंड खंडमा बाटने काम भयो। गज़बको कुरा के छ भने अस्थायी शिक्षकहरु पनि बिना दूरदर्शिताले यसलाई सहर्ष स्वीकार गरे। यो ठीक कस्तो थियो भने -जस्तै काठकै बिंड भएको एउटा वन्चराले जंगलको काठ एक एक गरी काटदै गर्दा पनि यि बन्चरा आफ्नै त हुन भनि स्विकार गर्नु। 

४.अनि अर्को प्रहार पाठ्यक्रममा भयो।२०बर्ष पुराना शिक्षकहरुलाई नयाँ पाठ्यक्रम दिईयो। कार्यरतको जस्तो प्रश्न पनि दिईएन।बिल्कुलै खुल्ला बिज्ञापनको जस्तो प्रश्न राखियो।पाठ्यक्रम भन्दा बाहिर गएर पनि प्रश्न राखियो।बिज्ञान र गणितमा त झन अंग्रेजी र नेपाली दुबै मा प्रश्न राखिनु पर्नेमा अंग्रेजीमा मात्र राखियो। ठीक संग प्रश्न बुझ्ने अवसरै दिईएन।

५.अर्को प्रहारको रुपमा परिक्षाको मिति अत्यंत कम समय राखेर तोकियो।विद्यालयमा कोर्स सकिनु पर्ने बेलामा २०/२२ दिनको म्याद राखि परीक्षा दिन लगाइयो। बिद्यालयमा काम गर्दै आयोगको जास्तो परिक्षाको तैयारी गर्नु अत्यंत कठिन काम थियो।अस्थायी शिक्षकहरुलाई परिक्षाको तैयारी गर्न अवसरै पनि दिईएन।

६.अर्को प्रहार स्वरूप ऐनमा भएको ब्यवस्थालाई पनि व्यवहारमा लागू नगर्ने काम गरियो।७५%को नाममा ३७%/३८%सीट मात्र निर्धारण गरियो।

७.अर्को प्रहार स्वरुप शिक्षकहरुका छाता संगठन बाट शिक्षकहरुको हकहितको संरक्षण गर्नु भन्दा पनि बहिर्गमन हुने नीतिहरुलाई नै सहयोग तथा पक्षपोषण गर्ने काम गरियो। स्वयं अस्थायी शिक्षकहरुको एक समुह बाट पनि पछिल्लो अस्थाईहरुको आन्दोलनलाई सहयोग गर्नुको सट्टा बिपक्षमा जाने काम गरियो।जसले गर्दा कैंयन अस्थाईहरु जसले अत्यंत छोटो समय राखेर लिइन लागेको परीक्षालाई भ्रम ठाने,आंतरिक परीक्षाबाट बंचित पनि भए। अखिरमा आयोगले निकालेको आंतरिकको परिणामले पनि परीक्षा कति ठूलो भ्रम रहेको थियो भनि प्रमाणित पनि भएको छ।

८.अर्को प्रहार स्वरूप आयोगले निकालेको आंतरिकको नतीजा रहेको छ। शत प्रतिशतका नाममा ५०%प्रतिशत पनि नतीजा आउन नदिने काम भएको छ। ७५%को नाममा ३७/३८% शिक्षकहरुलाई मात्र अवसर दिने काम भएको छ।जसले गर्दा हजारौं अस्थायी शिक्षकहरु र उनिहरुका परिवारको अवस्थामा अत्यंत विचल्ली उत्पन्न भएको छ।अहिले राजनैतिक सोच, पावर र पहुँचका आधारमा तथा शिक्षकलाई बहिर्गमन गराउन नै आयोगको परिणाम आएको भनि चौतरफी चर्को बिरोध पनि भईरहेको छ।

:5011 Views

2 thoughts on "अस्थायी असफल हुनुको कारण : ‘एनी हाउ, अस्थायी भगाऊ’"

  1. Mg Budha says:

    नयाँ साेचमा काम गर्ने भन्दै,, शिक्षक सेवा अायाेग,, लागेकाे भान पार्दै छ। अझै रिक्त मा अस्थायी करार शिक्षक भर्दैछ। खै के खै के।। वुझ्नै गाराे

  2. bharat mahat says:

    yo kura ta sorai an satya ho.

Leave a Reply