‘अहिलेको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने खुबी मसँग छ’

म केन्द्रिय सदस्य, दुई पटक केन्द्रिय सचिव, केन्द्रिय उपाध्यक्ष भएँ । प्याब्सन अन्तर्राष्ट्रिय विभागको प्रमुख पनि हुँ म । मैले नेपालको शिक्षालाई विश्वव्यापी शिक्षामा ढाल्ने कोसिस गरेको छु । नेपालका प्रिन्सिपलहरूलाई अमेरिकाका स्कुलहरूमा भ्रमण गराएर त्यहाँका राम्रा कुराहरू सिकाउने काम गरेको छु । तालिम दिने, पाठ्यक्रमको विकासको विषयमा जानकारी गराउने गरेको छु । नेपालका विद्यार्थीहरू वैदेशिक स्कुल भ्रमणको लागि लगिरहेको छु । शिक्षामा परिवर्तन गर्नुपर्छ भन्ने मेरो मान्यता छ । निजी स्कुलबाट एउटा विभाग गठन गरेर त्यो विभागलाई सक्रिय गराउने र अहिलेको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने खुबी मसँग छ ।

मेरा प्रतिबद्धताहरू
१. निजी विद्यालयलाई विकास गर्ने
२. शिक्षक, अभिभावक, विद्यार्थीको हितमा काम गर्ने,
३. प्याब्सनलाई राष्ट्रियस्तरको बलियो समिति बनाउने,
४. सरकारसँग वार्ता गर्ने,
५. प्याब्सनको सम्पत्ति र स्वामित्व जोगाउन प्रयत्न गर्ने ।

 

:671 Views

Leave a Reply