आकाशगंगा खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । काठमाडौँ कुमारीगालमा अवस्थित आकाशगंगा इन्टरनेशनल एकेडेमीले पढाइका साथसाथै बालबालिकाको चौतर्फी विकास होस् भन्ने उद्देश्यले खेलकुद सप्ताह मनाएको छ । कार्यक्रममा निम्नमाध्यमिक र माध्यमिक तहका लागि फुटबल, क्रिकेट, बास्केटबल, रिले लगायतका खेलहरू समेटिएका थिए भने पूर्वप्राथमिक र प्राथमिक तहका लागि बेलुन फुटाइ, ब्याटमिन्टन, म्युजिकल चेयर, स्पुन रेस आदि खेलहरू समावेश गरिएका थिए । अन्तरसदन प्रतियोगितामा रातो सदन प्रथम, हरियो सदन द्वितीय, र पहेंलो सदनले तृतीय स्थान हासिल गरेका छन् ।

:1202 Views

Leave a Reply