आदर्श स्कुलमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

मध्यपुर थिमि, असोज १० । ५५ वर्षको गौरवशाली इतिहास बोकेको प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था आदर्श माध्यमिक विद्यालय, लाय्कू, थिमिमा अध्ययनरत कक्षा ११ का विद्यार्थीका लागि स्वागत तथा १२ कक्षा उत्तीर्ण विद्यार्थीहरूका लागि बधाई एवं बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश ३ का माननीय सभासद् प्रतिमा श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशेष अतिथि मध्यपुर थिमि नगरपालिकाकी उप प्रमुख अन्जनादेवी मधिकर्मी, मथिनपा ४ न. वडाका अध्यक्ष कुमार श्रेष्ठ, समाजसेवी कृष्णलाल गोजा, जिल्ला समन्वय समिति सदस्य एवं आदर्श माविको भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष उमेश श्रेष्ठ, व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक तथा कर्मचारी र कक्षा ११ र १२ का विद्यार्थीहरूको उल्लेख्य उपस्तिथि रहेको थियो ।

कार्यक्रममा यस शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका १८१ विद्यार्थीलाई स्वागत गरिएको थियो भने कक्षा १२ सकाएका विद्यार्थीलाई बधाई ज्ञापन एवं बिदाइ गरिएको थियो । कार्यक्रममा बोल्दै जिसस सदस्य उमेश श्रेष्ठ, वडाध्यक्ष कुमार श्रेष्ठ, उपप्रमुख अन्जना मधिकर्मीले आफूहरूले विद्यालयको प्रगति र विकासका लागि सक्दो सहयोग सेवा र योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिऐ भने प्रधानाध्यापक बुद्धिकुमार घोले सम्पूर्ण सहयोगी सहृदयी हातहरूलाई धन्यवाद ज्ञापन गर्नुका साथै विद्यालय संस्थापकहरूको योगदान अतुलनीय र अनुकरणीय रहेको बताउँदै विद्यालयले “ध्भ मभकभचखभ तय अजबलनभ “We deserve to change , We deserve to lead” मूल नारालाई सार्थक पार्ने उद्देश्यका साथ शैक्षिक गुणस्तर वृद्धि गर्दै लाने बताए । प्रमुख अतिथि माननीय प्रतिमा श्रेष्ठले विद्यालयले वैज्ञानिक शिक्षा पद्धति अपनाउनु पर्नेमा जोड दिदै विद्यालयको विकासका लागि सबै पक्षले ध्यान दिनुपर्ने बताए । उनले आदर्शमा अध्ययन गरेर अहिले देशविदेशमा प्रतिष्ठित पदमा बसेका व्यक्तिहरूले आफ्नो स्कुललाई सक्दो सहयोग गर्न आग्रह गरेका थिए । साथै ३ नं. प्रदेश सरकारले हर सम्भव सहयोग प्रदान गर्ने बताए । विविस अध्यक्ष विजयकृष्ण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरूका नाचगान लगायतका सान्स्कृतिक प्रस्तुति पनि रहेको थियो ।

:869 Views

Leave a Reply