इजीमा स्काउट हुलाक टिकट प्रदर्शनी

भक्तपुर । विश्व स्काउटका जन्मदाता लर्ड बेडेन पावेल तथा महिला स्काउटकी जन्मदाता लेडी बेडेन पावेलको जन्मदिवस २२ फेब्रुअरीको अवसरमा इजी स्काउट ग्रुपले स्काउट सम्वन्धि हुलाक टिकट प्रदर्शनी आयोजना गरेको छ ।
इजी पायोनियर स्कुल स्थापनाको २५ वर्ष अर्थात रजत महोत्सवको अवसरमा सो विद्यालय प्रांगण इटाछेंमा आयोजित स्काउटको हुलाक टिकट प्रदर्शनीको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य एवम् इजी पायोनियर स्कुलका संस्थापक प्रिन्सिपल बिजेन्द्र ध्वँजुले उद्घाटन गरेका थिए ।
२०२१ सादेखि स्काउटमा आवद्ध रहेका वरिष्ट स्काउट गुरु उमेशलाल श्रेष्ठ नेपालीद्धारा संकलित नेपाललगायत ८९ मुलुकका स्काउटसम्वन्धि हुलाक टिकटका साथै विभिन्न मुलुकका स्कार्फ, वागल, पीन, मेडल लगायत स्काउटसम्वन्धि सामग्री प्रर्दशनमा राखिएको थियो ।
शुक्रबार र शनिबार गरि दुईदिन सञ्चालित सो प्रदर्शनीमा भक्तपुरका १५ विद्यालयका एकहजारभन्दा बढी विद्यार्थी तथा शिक्षकहरुले अवलोकन गरेका थिए ।
वरिष्ट स्काउट गुरु नेपालीको यो तेस्रो स्काउट हुलाक टिकट प्रदर्शनी हो । यसअघि उनले २०६० सालमा जिल्ला स्काउट कार्यालय भक्तपुरमा र २०६२ सालमा दक्षिण एशियाली स्काउट मैत्री क्याम्प बुढानिलकण्ठमा प्रर्दशन गरेका थिए ।

:446 Views

Leave a Reply