इन्जिनियरिङ्गका कर्मचारीलाई तालिम

काठमाडौं । नेपाल इन्जिनियरिङ्ग कलेजले कलेजमा कार्यरत प्रशासनिक कर्मचारीहरुलाई आइतबार एकदिने तालिम दिएको छ । पर्सुनल इफिसेन्सी फर अर्गनाइजेशनल इक्सिलेन्ट (संस्थागत उत्कृष्टताका लागि व्यक्तिगत दक्षता) तालिम दिएको हो । तालिम विहान साढे आठ बजेदेखि दिनभर भएको थियो । तालिम दुई वटा हलहरुमा छुटाछुटै भएको थियो । तालिममा कलेजमा कार्यरत सम्पूण प्रशासनिक कर्मचारीहरुको सहभागिता रहेको कलेजका सह प्रशासक श्रीमा शर्माले बताइन् । कलेजको विकासका लागि विभिन्न सयममा यस्ता तालिमहरु सञ्चालन गर्दै आएको कलेजले जनाएको छ ।

:498 Views

Leave a Reply