उज्ज्वल आले मगर ‘करियर गायन आइकन—२०७६’

काठमाडौं । विद्यार्थीमा रहेको गायन क्षमतालाई उजागर गर्ने उद्देश्यले हरेक वर्ष पेप्सीकोला, टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीले आयोजना गर्दै आएकोे ‘करियर सिंगिङ्ग आइकन—२०७६’ सम्पन्न भएको छ ।

५२ जना प्रतिष्पर्धि रहेको उक्त प्रतियोगितामा यो वर्ष कक्षा ९ का उज्ज्वल आले मगरले ‘करियर सिंगिङ्ग आइकन—२०७६’ को टाइटल जिते । यसै गरि कक्षा ९ का आशिष तामाङ्गले फस्र्ट रनर अप र ८ कक्षाका रिदम खड्काले सेकेण्ड रनरअप जिते ।

विद्यालयका प्रिन्सिपल हेम राईले ‘करियर सिंगिङ्ग आइकन—२०७६’ का टाइटल विजेता उज्ज्वललाई टाइटल सहितको ट्रफि, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो भने फस्र्ट र सेकेण्ड रनर अप भएका आशिष र रिदमलाई पनि पदक र प्रमाणपत्र वितरण गर्नुभयो ।

:254 Views

Leave a Reply