उमाले जितिन मिस तीज फेरिल्यान्ड क्वीनको उपाधी

काठमाडौँ । पेप्सीकोलास्थित फेरिल्यान्ड मन्टेश्वरी प्रि स्कुलले तीजको अवसर पारेर तीज कार्यक्रम गरेको छ ।

अभिभावक, अतिथी एवं शिक्षिका गरी जम्मा ८५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको मूख्य आकर्षणको रुपमा रहेको मिस तीज फेरिल्यान्ड क्वीनको उपाधि उमा नेपालले जितिन् । अभिभावकहरुले ¥याम्पमा हिडेर आफ्नो नाम भएको कागज बक्सामा खसाए पश्चात् अन्तमा विद्यार्थीहरुले लक्की ड्र गरेर उमाले उपाधी जितेकी हुन् ।

सबै विद्यार्थीहरुले कक्षागत रुपमा तीज एवं अन्य गीतमा नृत्य गरेका थिए भने अभिभावकहरुको सकृय सहभागीता रहेको उक्त कार्यक्रममा अभिभावकहरु नृत्यसँगै विभिन्न खेलहरु खेलेर पुरस्कृत भएका थिए ।

तीजको शुभकामना आदान प्रदान गर्न, अभिभावकहरुको विद्यालयसँगको सम्बन्ध राम्रो बनाउन र अभिभावकहरुबीच अन्तरक्रिया गराउन कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल चन्द्रमा खत्रीले बताइन् ।

:1700 Views

One thought on "उमाले जितिन मिस तीज फेरिल्यान्ड क्वीनको उपाधी"

  1. Mani says:

    Conguratulation sister …..

Leave a Reply