एक्टिभमा खाना महोत्सव

मध्यपुर थिमि– मध्यपुर थिमि नगरपालिका ६ चपाचो (गार्चा) स्थित एक्टिभ इंगलिस सेकेन्डरी स्कूलको २४ औं स्थापना दिवसको उपलक्ष्यमा खाना महोत्सव कार्यक्रम सम्पन्न भयो । स्कूलका संस्थापक एवं निर्देशक आशाहरी प्रजापतिको सभापतित्वमा आयोजित कार्यक्रममा स्कूलका प्रिन्सिपल विजय प्रजापतिले न्यून शुल्कमा व्यावहारिक शिक्षाका साथै विद्यार्थीहरुको समग्र विकासका लागि अतिरिक्त क्रियाकलापलाई पनि पढाईसँगै अघि बढाएको बताउनु भयो । कार्यक्रममा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले स्वस्थकर खानाका परिकारहरु बनाएर सुपथ मूल्यमा कार्यक्रममा उपस्थित महानुभावहरुलाई विक्री गरेको कक्षा ९ की छात्रा सृष्टि सापालले जानकारी दिए । कार्यक्रममा कक्षामा पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई स्कूलका निर्देशक आशाहरि प्रजापतिले पदक, प्रमाणपत्र एवं पुरस्कार प्रदान गरेका थिए।
स्कूलका निर्देशक आशाहरि प्रजापतिले बाहिर सडकमा खुल्ला रुपमा राखिएका खाद्य पदार्थ भन्दा आफैंले घरमा तयार गरिएको खाना स्वस्थ्यकर, स्वादिलो एवं सस्तो हुने जानकारी दिँदै विद्यार्थीहरुले घरमा नै तयार गरिएका खानेकुरा खाने बानी गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न भेषभुषामा सजिएका विद्यार्थीहरुले नेपाली, नेवारी, तामाङ, गुरुङ, शेर्पा, मगर आदि भाषाका गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । स्कूल प्राङ्गणमा भएको खाद्यमेलामा विद्यार्थी अभिभावक, शिक्षकएवं स्थानीय वासिन्दाहरुको बाक्लो उपस्थिति थियो । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले मःमः, योमरी, नेवारी खाजा सेट, सुप, रोटी, चटामरी, बारा, लगायतका परम्परागत खाद्य पदार्थहरु तयार पारेर सुपथ मुल्यमा विक्री गरिएको विद्यार्थी कुशल राउतले जानकारी दिए । कार्यक्रममा शिक्षिका प्रेमा प्रजापति, विद्यार्थीहरु सलोनी दुवाल, इस्मिता तामाङ्ग लगायतका वक्ताहरुले खानेकुरा बनाउने व्यावहारिक जानकारीको लागि खाद्य मेलाको महत्व रहेको बचाए ।

:759 Views

Leave a Reply