एनप्याब्सनले गर्यो उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

काठमाडौं २१ असोज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (एनप्याब्सन)ले उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ ।

एनप्याब्सनले ‘दशैं विशेष र एसईई सम्मान कार्यक्रम’ अन्तर्गत सो कार्यक्रम गरेको हो । एनप्याब्सनका विद्यालयबाट एसईई २०७४ मा जिपिए ४ ल्याउने ग्रिनफिल्ड एकेडेमी, कान्तिपुर, रेन्बो इन्टरनेशनल र नाम्सका ४ विद्यार्थीलाई सम्मान गरिएको हो । उनीहरुलाई एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा र पूर्वअध्यक्ष कर्णबहादुर शाहीले संयुक्त रुपमा सम्मान गरेका थिए । सोही अवसरमा १३ जना बिषयगत उत्कृष्ट शिक्षकलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापनसम्बन्धी प्रेरणात्मक कार्यक्रमका साथै अनिवार्य तथा शिक्षा विधेयकका बारेमा विचार आदानप्रदान गरिएको एन प्याब्सनका काठमाडौंका अध्यक्ष बिष्णु पराजुलीले जानकारी दिए ।

:689 Views

Leave a Reply