एभरेष्टमा एकदिने विज्ञान प्रदर्शनी सम्पन्न

काठमाडौं । भक्तपुरको एभरेष्ट इंग्लिस स्कुलमा शुक्रबार एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । स्कुलमा कक्षा एकदेखि १० सम्मका विद्यार्थीले तयार पारेको स्टलहरु प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा एक सय ४० वटा भन्दा वढी स्टलहरु रहेका थिए । कक्षा एककाले वार्य आगो बाल्न अक्सिन चाहिने, कस्तो समाना पानीमा डुव्ने र नडुव्ने, प्राकृतिक प्रकाशको श्रोतलगायतका विषयमा स्टल राखेका थिए । ठूला कक्षाकाले भने विद्युत उत्पादन, हाइडोलिक ब्रिज, लिफटलगायत विज्ञानसँंग सम्वन्धित विषयमा स्टल राखेका थिए । स्टलहरु विज्ञानका पाँंचवटा भाग भौतिक, रसायन, जीव, जियोलोजी र वातावरणसँंग सम्वन्धित रहेका थिए । एउटा समूहमा दुई जनादेखि चारपाँंच जनासम्मको विद्यार्थीको समूह थियो । तर पनि धेरै समूहमा तीनजना समूहको विद्यार्थी थिए । विद्यार्थीलाई प्राजेक्ट वर्कका रुपमा बनाएका स्टलहरु प्रदर्शनीमा राखिएको स्कुलले जनाएको छ । यो वर्क सेकेण्ड टर्ममा २० मार्क प्रदान गर्ने स्कुलले जनाएको छ ।

स्टलको आकर्षका रुपमा हाइडोलिक डोजर प्रज्वल शाक्य १० कक्षाकोले बनाएको, प्रविण भण्डारी कक्षा १० टेस्ला (वाइलेश इलेटोसिटी) ले बनाएको, मोडल अफ स्टिम इन्जिन अनुज खाताखो, बत्सल मानन्धर, आरएन मानन्धर कक्षा १० काले बनाएको रहेका थिए । साथै घुम्ती बाटोमा कुनै ठाउँंमा एउटा मात्रै गाडी पास भए सिग्नल लाइट सिस्टमको मोडेल एक्सिडेन्ण्ड प्रिभेन्सन रोड समपर्ण खतिवडा कक्षाकाले बनाएको स्टल आकर्षण रहेको थियो ।

प्रदर्शनको एक हजार पाँंच सय भन्दा वढीले अवालेकन गरेको स्कुलकी विज्ञान शिक्षिका अर्चना नापितले बताइन् । विद्यार्थी, अभिभाबक, शिक्षक, कर्मचारी गरी त्यो संख्यामा स्टलको अवलोकन गरिएको जनाइएको छ । स्कुलका एक हजार दुई सय वढी विद्यार्थी, एक सय बढी शिक्षकहरु, ५० भन्दा वढी कर्मचारीहरु र अभिभावकसहित एक हजार पाँंच सय वढीले स्टलको अवलोकन गरेको स्कुलले जनाएको छ ।
विद्यार्थीले बनाएको सामान सवैको अगाडि प्रदर्शन गर्न प्रर्दशनी गरिएको जनाइएको छ । कितावमा सिकेको कुरालाई व्यवहारिक रुपमा सिकोस भनी प्रत्येक वर्ष प्रदर्शनी गर्दै आएको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए । यसले विद्यार्थीको ज्ञान वढाउन मद्धत पुग्ने उनको विश्वास छ । विशेष गरी प्रत्येक वर्ष मंसिर महिनामा प्रदर्शन गर्दै आएको जनाइएको छ । प्रदर्शनका लागि स्कुलका सम्पूर्ण विज्ञान शिक्षक, विद्यार्थी दुई हप्ता अगाडिदेखि तयारीमा जुटेका थिए ।

:474 Views

Leave a Reply