एभरेस्टमा वर्षभरीको अतिरिक्त कृयाकलापको पुरस्कार एकै दिन

भक्तपुर, ७ पुस । भक्तपुरको व्यासीस्थित एभरेस्ट स्कुलले वर्षभरी खेलाएका खेलहरूको प्रतिस्पर्धामा विजयी विद्यार्थीहरूलाई आज विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको छ । कक्षा ४ देखि १० सम्मका विजयी विद्यार्थीहरूलाई मेडल वितरण गर्दै विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र प्रधानाध्यापक भक्त राजभण्डारीले बधाइ ज्ञापन गरे ।

सोही अवसरमा विभिन्न कक्षाका विद्यार्थीहरूले विभिन्न साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । वर्षभरिमा सिकेका नृत्य, गायन तथा अन्य साँस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएको सो कार्यक्रममा अभिभावकहरूको उत्साहजनक उपस्थिति थियो ।

शिक्षा विकास तथा समन्वय एकाई, भक्तपुरका प्रमुख खेमराज पोखरेलले उक्त कार्यक्रममा विद्यार्थीलाई रुचि भएको विषयमा सिक्ने वातावरण विद्यालय र घरले दिन सके ती बालबालिकाको समृद्धि निश्चित हुने बताए । उनले भने, ‘किताबी ज्ञानलाई सिकाइ मानिने अवस्थामा अहिले परिवर्तन आइसकेको छ । हाम्रो सिप, क्षमता बजारमा बिक्न थालेका छन् । बच्चालाई आफ्नो इच्छाअनुसारको सिप सिक्न दिनुपर्छ र बच्चाको रुचिअनुसार उनीहरूलाई अगाडि बढ्न दिएमा बच्चाको समृद्धि हुन्छ ।’

:342 Views

Leave a Reply