एभरेस्ट स्कुलमा स्काउट क्याम्प

भक्तपुर । एभरेस्ट इङ्लिस स्कुल अन्तर्गत सञ्चालित एभरेस्ट स्काउट टुपका ७७ जना स्काउटहरूलाई एक रात २ दिने स्काउट क्याम्प राखिएको छ ।

क्याम्प चिफ स्काउटर पवन कुमार बल्लको नेतृत्वमा बसेको क्याम्पमा स्काउटहरूले आपैm चुल्हो बनाइ आगो बालेर खाना पकाएका थिए भने क्याम्पफायर, धर्मसभाका साथै विभिन्न खेलहरू खेल्नपाउँदा विद्यार्थीहरू रमाएका थिए ।

क्याम्पको निरीक्षण गर्नुहुँदै पूर्व राष्ट्रिय तालिम आयुक्त एवम् संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले यस किसिमको क्रियाकलापहरू बारम्बार दिनसके मात्र विद्यार्थीहरूमा उत्साह र व्यवहारमा परिवर्तन हुने बताए ।

क्याम्पमा स्काउटर श्रीराम अछामी, निरन मानन्धर, रवि तज, विनिता श्रेष्ठका साथै रेन्जरहरू बबिता गुरुङ्ग र निष्ठा बल्लको सक्रिय सहभागिता रहेको थियो ।

:299 Views

Leave a Reply