कक्षा ९ की एक छात्राको शैक्षिक भ्रमण

5ac09b13e4ba6-karuna-_nuwagi

करुणा प्रजापति / आदर्श जनप्रेमी अ. मा. वि. कौशलटार, भक्तपुरले अतिरिक्त क्रियाकलापअन्तर्गत प्रत्येक वर्ष उपत्यकाबाहिरको शैक्षिक भ्रमण गराउने गरिन्छ । यस वर्ष तेस्रो त्रैमासिक परीक्षा सकिएको भोलिपल्ट शनिबार कक्षा ९ का इच्छुक विद्यार्थीहरूबाट पोखरा–घान्द्रुक ३ रात ४ दिने शैक्षिण भ्रमण सफलतापूर्वक सम्पन्न गरिएको छ ।

पोखराबाट हेम्जाको व्यवस्थित आलु खेतीको जमिनलाई पार गर्दै लुम्लेमा बिस्तार हुदै आएको सडकको धुलोलाई एकातिर पन्छाउँदै नयाँपुल पुग्यौँ ।

शनिबार बिहान७ः३० बजे विद्यालय परिसरबाट छुटेको रिजर्भ डिलक्स गाडीमा हामीविद्यार्थी ३८ र २ शिक्षक सहितपोखरा यात्रामा निस्कियौँ । पोखरा– घान्द्रुकको नाउँमात्र सुनेका हामी मनको इच्छा यर्थाथपरक बनाउन आतुर थियौँ । नागढुङ्गाको अस्तव्यस्त बाटोलाई छिचोल्दै नौबिसेको एक होटलमा बिहानको नास्ता लियौं र पोखराको रमणीय स्थलको अवलोकन गर्ने सोचका साथ मलेखुमा खाना खाई पोखराको सिमानाभित्र प्रवेश गरेपछि हाम्रो मनको कौतुहलता शान्त गर्न भ्रमणको पहिलो दिन दुई स्थानको अवलोकन ग¥यौँ । पातले छानो र गुप्ते˘वर महादेव गुफाको प्रत्यक्ष अवलोकनबाट हामीले सुनेको र अनुमान गरेको त्यो प्रकृतिका मनोरम दृश्यहरूलाई प्रत्यक्ष आँखाले देख्न पाउँदा हाम्रो खुशीको सीमा नै रहेन । हाम्रो शिक्षकहरूले व्यवस्थापन गरेको होटल, बसाई, खानाले पनि हाम्रो भ्रमणमा थप उर्जा मिलेको हामीले महसुस ग¥यौँ । भोलिपल्ट विन्दवासिनी मन्दिरको दर्शन गरिसकेपछि घान्द्रुक यात्रामा हामी निस्कियौँ । पोखराबाट हेम्जाको व्यवस्थित आलु खेतीको जमिनलाई पार गर्दै लुम्लेमा बिस्तार हुदै आएको सडकको धुलोलाई एकातिर पन्छाउँदै नयाँपुल पुग्यौँ ।
नयाँ पुलबाट वीरेठाटी, स्याउलेबजार हुदै किम्चेसम्म हाम्रो भ्रमणका लागि गाडी व्यवस्था गरिएको थियो । किम्चेको एक होटलमा खाना खाएपछि हाम्रो पद यात्रा शुरू भयो । किम्चेबाट एक घण्टाको पदयात्रा गरेपछि समुद्री सतहबाट धेरै माथि पुगेको अनुभव गर्दै घान्द्रुकको मनोरम दृश्य, हरियाली जङ्गल, गाउँ परिवेश, गुरुङ्ग जातीको संस्कृति, रितिरिवाज, भेषभूषा चाँदीझै टल्केको हिमालसँग प्रत्यक्ष अंकमाल गर्न पाएको हामीले महसुस ग¥यौँ । साझँको मुटु छुने हावाको समेत परवाह नगरी नाचगानमा रमायौँ । बिहानको सूर्यको पहिलो किरणमा साथ चाँदी ैm टल्केको हिमाललाई पृष्ठभूमि बनाई त्यो मनोरम दृश्यलाई क्यामराले कैद गर्न हामी व्यस्त भयौँ । गुरुङ्ग जातीको एक प्रकारको रोटी बिहानको नास्तामा खाएपछि पुनःपोखराको गन्तव्यतर्पm लम्किदै जाँदा फेवातालमा डुङ्गा खियाउने तिव्र इच्छा, आकांक्षा लिएर होटल पुग्यौँ र लाइफ ज्याकेटसहित हामी सबैजना तालबाराही दर्शन गर्न डुङ्गा सयर गरी सेल्फीबाट फोटो कैद ग¥यौँ ।
यसै गरी पर्यटकीय नगरी पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा समेत हामीले नजर लगाउन पायौं । कतिपय कुरा हामीले सुनेकोलाई प्रत्यक्ष फोटोमार्फत हेर्न पाउँदा थप जानकारी लिन सफल भयौँ । पर्यटकीय नगरीमा भएर पनि ओझलमा परेको बेगनास तालको समेत दृश्यावलोकन गर्दै ३ रात ४ दिनको शैक्षिक भ्रमण सफलतापूर्वक सम्पन्न गराइएवापत विद्यालय प्रशासन, भ्रमण संयोजक राजु प्रजापती र वीरबल तामाङ्ग (शिक्षकद्वय)प्रति हार्दिक आभार प्रकट गर्दछौं ।

प्रजापति आदर्श जनप्रेमी अँग्रेजी मा. वि.को कक्षा ९ की छात्र हुन् ।

:661 Views

Leave a Reply