‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’

काठमाडौं– संरक्षक समूह नेपालले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा राजधानीको माइतीघरमा विशेष ¥याली आयोजना गरेको छ।
समूहले महिलालाई निःशुल्क प्याड उपलब्ध गराउनुपर्ने माग गर्दै ¥याली निकालेको हो।

समूहले लामो समयदेखि महिलालाई निःशुल्क प्याड उपलब्ध गराउन अभियान चलाउँदै आएको संस्थाकी परियोजना प्रबन्धक मनीषा घिमिरेले बताइन्।

उनले भनिन्, ‘पुरुषले कन्डम निःशुल्क पाउँछन् भने महिलाले प्याड किन निःशुल्क नपाउने? प्याड पनि निःशुल्क उपलब्ध हुनुप¥यो। यसैबीच समूहले काठमाडौं महानगरपालिकाको कार्यालय बागदरबारमा प्याड बैंक स्थापना गर्न लागेको छ।

घिमिरेले भनिन्, ‘अहिले दुई सय वटा प्याड राखेर बैंक सञ्चालन गर्दै छौं। यसलाई बढाउँदै लैजाने योजना छ।’ सरकारले प्याडमा १३ प्रतिशत करसमेत लिँदै आएको छ।

Source : onlinekhabar

:77 Views

Leave a Reply