करियरका विद्यार्थीलाई टेलिस्कोप उपहार

काठमाडौं । नेदरल्याण्डबाट एउटा टेलिस्कोप उपहार आएपछि करियर विल्डिंग इन्टरनेशनल एकेडेमी पेप्सीकोला टाउनप्लानिंगका विद्यार्थीहरु यतिखेर दंग छन ।
भोलुन्टर सोसाइटी नेपाल (भिएसएन) की अन्तर्राष्ट्रिय सम्वन्ध व्यवस्थापक लिण्डा रिसको पहलमा नेदरल्याण्डका शिक्षासेवी एलनले करियरका विद्यार्थीका लागि सौर्यमण्डल अध्ययनमा सहजता होस भनेर सो टेलिस्कोप उपहार दिएका थिए ।
करीव ३ लाख रुपैयाँ मूल्य पर्ने सो टेलिस्कोप उपहार आएपछि विद्यार्थीहरुमा विज्ञान विषयप्रति चासो बढ्न थालेको विद्यालयको शैक्षिक प्रमुख दिपेन्द्र श्रेष्ठले बताए ।

:487 Views

Leave a Reply