कवितामा करियरकी सुविस्ता प्रथम

काठमाडौं । पुरानो सिनामंगल कर्मचारी समाजले आयोजना गरेको माद्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितामा पेप्सीकोला टाउन प्लानिंगस्थित करियर विल्डिंग इन्टरनेशनल स्कुलकी ९ कक्षाकी छात्रा सुविस्ता जिसीले पहिलो पुरस्कार जित्न सफल भएकी छिन् ।
मालिनी छन्दमा लेखिएको ‘संकल्प’ शिर्षकको कवितालाई सुविस्ताले आफ्नो हाउभाउ प्रस्तुत गर्दै वाचन गर्दा सबै दर्शकको मन जित्न सफल भएको करियर स्कुलको नेपाली विषयका शिक्षक रामहरि रेग्मीले बताए ।
प्रथम भएकी सुविस्तालाई राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार राई व्याकुल माइलाले नगद ५ हजार तथा प्रशंसापत्र प्रदान गरेका थिए । प्रतियोगितामा अक्षरा स्कुल दोस्रो, मोनास्टिक स्कुल तेस्रो र प्रितिमा स्कुलले सान्त्वना पुरस्कार पाए । पुरस्कार वितरण कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष गिताप्रसाद तिम्सिनाले गरेका थिए ।
विभिन्न सरकारी कार्यालयमा कार्यरत रहि काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला पुरानो सिनामंगलमा बस्दै आएका कर्मचारीहरुको संस्था हो ।

:1911 Views

Leave a Reply