कान्तिपुरको खेलकुद सप्ताह उत्साहजनक

काठमाडौँ, २२ माघ । काठमाडौँको बौद्धस्थित कान्तिपुर एकेडेमीको खेलकुद सप्ताह शुक्रबार सम्पन्न भएको छ ।

प्रिन्सिपल बालकुमार गुरुङले विद्यार्थीको अन्तर क्षमतालाई उजागरण र उनीहरुको शारिरीक र बौद्धिक विकासका लागि खेलकुद कार्यक्रम गरिएको बताउँदै भने, ‘अहिलेको समयमा खेलकुद एउटा महत्वपुर्ण राष्ट्रको पहिचान दिने माध्यम बनेको छ । त्यसैले पनि खेलकुदलाई विद्यालयले महत्व दिनुपर्छ ।’

विद्यालयले विद्यार्थीको तह र उमेर अनुसार ३३ प्रकारका खेल खेलाएकोे थियो । स्पर्धामा ६०५ विद्यार्थीले पुरस्कार पाएको स्कुलले जनाएको छ । स्पर्धामा उत्कृष्ट विद्यार्थीलाई मेडल र उत्केष्ट समूहलाई ट्रफि प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन पुर्वराज्य मन्त्री सिता गुरुङ, नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली लगायतको सहभागिता थियो ।

:448 Views

Leave a Reply