काव्य स्कुलद्वारा विद्यार्थी पोशाक सहयोग

काठमाडौँ, ३ चैत्र । काठमाडौँको नयाँ बानेश्वरस्थित काव्य स्कुलले एक सामूदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेको छ ।

नुवाकोटको तार्केश्वरस्थित नमुना जनजागृती प्रा.विमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको लागि स्कुलको नाम अंकित ट्याकसुट, मोजा तथा जुत्ता शुक्रबार वितरण गरिएको हो ।

विगत १० वर्षदेखि स्कुलले पढाईका विभिन्न सामाग्रीमा नमूना स्कुललाई सहयोग गर्दै आइरहेको काव्यका प्रिन्सिपल नवराज बास्कोटाले बताएका छन् । त्यस्तै सो सहयोग विद्यार्थी जन्मदिन कोष, स्कुल र निकल्स निकेल संस्थाको सहकार्यमा गरिएको उनले जानकारी दिएका छन् ।

:378 Views

Leave a Reply