काव्य स्कुलमा तीज नृत्य प्रतियोगिता

काठमाडौं । तीजको अवसरमा काव्य स्कुल नयाँबानेश्वरले कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई सहभागी गराई अनतर सदन तीज नृत्य प्रतियोगिताको आयोजना गर्यो ।

प्रतियोगितामा १ देखि ३ कक्षा समूहमा प्रेश्ना अर्याल पहिलो, आलिया घिमिरे दोस्रो, निष्ठा मल्ल तेस्रो भएभने गाजल कर्माचार्यले सान्त्वना पुरस्कार जितीन । यसैगरि ४ कक्षादेखि ६ सम्मको समूहमा सुनिस्का घर्ती पहिलो, सामिप्य सापकोटा दोस्रो, स्मारिका डंगोल तेस्रो र निश्चल सिंहले सान्त्वना पुरस्कार पाए । यसरी नै कक्षा ७ देखि ९ सममको समूहबाट अमृता रानामगर पहिलो, चारु श्रेष्ठ दोस्रो, एलिज सिंह तेस्रो र नित्या दाहालले सान्त्वना पुरस्कार पाएका थिए ।

प्रतियोगितामा सदिक्षा पाण्डेले बेस्ट मेक अप, उर्वि श्रेष्ठले बेस्ट ड्रेस अप, प्रश्मा अर्यालले बेस्ट हेयरस्टाइल, निश्चल सिंहले बेस्ट एक्सप्रेशन र सामिप्य सापकोटाले बेस्ट परफरमेन्स पुरस्कार जितेका थिए । निर्णायकहरु सुमन सागर जंग केसी, सुरेन्द्र बस्नेत र कविता न्यौपाने रहेको निर्णायक टोलीबाट छनौट भएका विजयीहरुलाई विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले पुरस्कार वितरण गरेका थिए । विद्यालयका सेकेण्डरी इन्चार्ज चक्र दवाडीले स्वागत गर्दै कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए ।

संस्थापक प्रिन्सिपल बास्कोटासहित संस्थापक निर्देशकहरु धर्मेन्द्र प्रकाश राजभण्डारी, सुनिलकुमार घर्ती, दिलिप थापा, प्रेमराज अर्याल र रिजन खड्का सहभागी रहेको सो कार्यक्रममा सबै छात्रा र शिक्षिकालाई उपहार दिइएको थियो भने अप्रतियोगी विद्यार्थी र शिक्षक शिक्षिकाले तीज नृत्य गर्दै दर खाएर तीज मनाएका थिए ।

:283 Views

Leave a Reply