‘केही भएमा १०० मा फोन गर्नु’ः डिएसपि काफ्ले

काठमाडौं । पढ्ने विद्यालय होस या आफु बस्ने टोलछिमेकमा कुनै घटना या दुर्घटना भएमा अथवा आपत्विपत् परेमा तत्काल प्रहरीको १०० नम्बरमा टेलिफोन गर्न प्रहरी अधिकारीले विद्यार्थीलाई सुझाएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं १० सहभागिता मार्गस्थित न्यू श्राइन एकेडेमीमा सोमबार प्रहरी—विद्यालय समन्वय समिति गठन गर्ने क्रममा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि ) गोन्दिराज काफ्लेले त्यहाँका विद्यार्थीलाई सो कुरा सुझाएका हुन ।

समुदाय—प्रहरी साझेदारी अवधारणा अन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र सामुदायीक प्रहरी सेवा केन्द्र लाखेचौरको संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा डिएसपि काफ्लेले प्रहरी र विद्यार्थीहरु साथी÷साथी भएकोले समाजमा अपराध नियन्त्रण गर्न र कुनैपनि अपराधका घटना घटेमा विद्यार्थीले प्रहरीलाई समयमै सूचना दिएर उद्धारको साथै अपराधी पक्रिन महत्वपूर्ण भूमिका निभाउन सक्ने बताए ।

‘अब विद्यार्थी प्रहरीदेखि डराउने होइन, १०० नम्बरमा टेलिफोन गरी प्रहरीलाई समयमै सूचना दिएर महत्वपूर्ण भूमिका निभाउनुपर्छ’—डिएसपि काफ्लेले भने ‘प्रहरीलाई सूचना आएको ५ मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्छ ।’

कार्यक्रममा विद्यालयका प्रिन्सिपल विनोद तिमल्सिना तथा सामुदायीक प्रहरी सेवा केन्द्र वडा नं १० लाखेचौरका इन्चार्ज, प्रहरी हवल्दार ताराराम दयालले प्रहरी विद्यालय समन्वय समितिको आवश्यकताबारे चर्चा गरे ।

डिएसपि काफ्लेको उपस्थितिमा सोमबार सो विद्यालयमा प्रिन्सिपल विनोद तिमल्सिनाको संयोजकत्वमा सोमबार ११ सदस्य प्रहरी विद्यालय समन्वय समिति गठन गरियो । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी नायव निरीक्षक सुरेन्द्रविक्रम बर्ताैला सदस्य—सचिव रहेको सो समन्वय समितिका सदस्यहरुमा अभिभावकहरुबाट विष्णुमाया पन्त र सुजित यादव, शिक्षकहरुबाट रमिला खतिवडा र प्रदिप नेपाली तथा विद्यार्थीहरुबाट सुरुचि खड्का, आयुष कर्ण,सुरक्षा यादव र गौरव शाही रहेका छन भने सामुदायीक प्रहरी सेवा केन्द्र लाखेचौरका प्रहरी जवान उमेश कार्की सदस्य छन् ।

:492 Views

Leave a Reply