के गर्छ प्रिस्कुलले ?

प्लेग्रुप दिइने शिक्षाले बालबालिकामा राम्रो संस्कार र स्वाबलम्बी बनाउन सिकाउँछ । बालबालिकाको चौतर्फी विकास गर्ने उद्देश्यले सञ्चालन भएका प्रिस्कुलमा राखिने हरेक सामानको वैज्ञानिक अर्थ हुने मन्टेश्वरी विज्ञहरू बताउँछन् ।

प्रिस्कुलले बालबालिकालाई सबैभन्दा पहिला गणित, सामान्यज्ञान, समाज, साक्षरता र आफ्ना कुराहरू व्यक्त गर्नसक्ने क्रियाकलापमा केन्द्रित गर्छ । यसका अलावा स्कुलले बालबालिकाको व्यक्तित्व विकास, सामाजिक र भावनात्मक विकास, सञ्चार, भाषा र शारीरिक विकासका लागि विभिन्न प्रकारका शिक्षण पद्धति प्रयोग गर्ने गर्छ ।

प्रिस्कुल बालबालिकालाई अल्झाउने बाटो मात्रै नभई उनीहरूको भविष्यको मार्ग बनाउने पहिलो आधार भएकाले प्रिस्कुलको जरुरी निक्कै बढेको छ । पछिल्लो समयमा सबैतिर खुलेका प्रिस्कुलहरू सबै प्रिस्कुलको सिद्धान्त लागू गर्ने गरी खोलिएका छैनन् । अभिभभावकले त्यतातिर ध्यान दिनु जरुरी छ ।

प्रिस्कुलको सिद्धान्त छ, प्ले वे मेथडबाट सिकाइ । प्रिस्कुलका जुन नाम भए पनि उनीहरूको साझा लक्ष्य हो, बालबालिकाको सर्वाङ्गीण विकास गर्नु । बालबालिकाको सर्वाङ्गीण विकासका लागि अनेक सिद्धान्तहरू छन्, ती सिद्धान्तहरूमध्ये सबैभन्दा प्रभावकारी सिद्धान्त हो, क्रियाकलापमा आधारित सिकाइ ।

क्रियाकलापविनाको सिकाइ अधुरो, अपुरो हुन्छ । शिक्षणमा क्रियाकलाप अनिवार्य छ । क्रियाकलापले सिकाइलाई जीवन्त बनाउँछ, निरस हुनबाट बचाउँछ । अझ, बालबालिका जो भर्खर भर्खर कक्षाकोठाको वातावरणमा आफूलाई अनुकूल बनाउने अभ्यासमा हुन्छन्, तिनीहरूका लागि त क्रियाकलाप नै सबैभन्दा बलियो उपाय हुने गरेको छ ।

पछिल्लो समयमा खुलेका प्रिस्कुलहरू त्यतिकै टिकेका हैनन्, उनीहरूले गरेको विज्ञापनका आधारमा मात्र प्रिस्कुलमा अभिभावकहरूको आकर्षण बढेको हैन । त्यहाँ गराइने क्रियाकलापले पनि त्यो आकर्षण बढाएको हो । तर अझ पनि सुधार गर्नुपर्ने बालविकासविज्ञहरू बताउँछन्, ‘हाम्रोमा कस्तो छ भने किन्डरगार्डेन खोलेकैलाई किन्डरगार्डेनको बारेमा जानकारी छैन, हाम्रा शिक्षक शिक्षिकाहरूलाई तालिम छैन, इसीडी खोल्नेलाई इसीडीको मर्म नै थाहा छैन ।

इसीडीमा बजारमा भएका किताबहरू ल्यायो, एबीसिडी पढायो, कखगघ पढायो, होमवर्क दियो । त्यो इसीडी चलाउने तरिका होइन । सरकारले केही गर्न सकेको अवस्था अझै पनि विद्यमान छ । गाउँमा गयौँ भने आफ्ना नातेदार, छोरी बुहारीलाई जागिर खुवाउने थलो बनिरहेको छ ।’ बालविकास विज्ञ लक्ष्मीभक्त बासुकला भन्छन् ।

गीत, खेलौनाको माध्यमबाट बालबालिकाहरूलाई सिकाइने                                                                             हिजोआज अभिभावकले अनिवार्य रूपमा बालबालिकालाई प्रिस्कुलमा राख्नुपर्ने अवस्था समेत सिर्जना भएको छ । प्रायः सबै निजी विद्यालयहरूमा पूर्व प्राविको रूपमा शिशु कक्षा सञ्चालन गरिएको हुन्छ । ‘म दिउँसो विद्यालय गएपनि घरमा बच्चा हेर्ने व्यक्तिको समस्या छैन’ शिलाले भनिन् ‘यो उमेर बच्चाको सिक्ने बेला हो, घरमा खेलेर बिताउनुभन्दा प्रिस्कुल पठाउँदा केही नयाँ कुरा सिक्छन्, त्यसैले उसलाई विद्यालय पठाएको छु ।’

रश्मी र शिलाले मात्र कहाँ हो र ? अहिले अलिकति खर्च गर्नसक्ने अभिभावकले आफ्ना बच्चाहरूलाई सानैमा प्रिस्कुल पठाउने गरेका छन् । विद्यालय जानुपूर्व प्रिस्कुलमा अध्ययन गराउँदा उनीहरूको सिकाइको स्तर बढ्ने प्रिस्कुल सञ्चालकहरू बताउँछन् । ‘बालबालिकाको रुचि अनुसार खेल्दै सिकाउने भएकाले पढाइ पनि उनीहरूलाई बोझ महसुस हँुदैन’ भक्तपुरको विङ्स मन्टेश्वरीकी सञ्चालिका रञ्जना भण्डारीले भनिन् । ‘ कलिला बालबालिका हुने भएकाले उनीहरूलाई म पढ्दैछु भन्ने मनमा नराखी सिकाउनु पर्दछ’ उनले भनिन् ‘गीतको माध्यमबाट, खेलौनाको माध्यमबाट उनीहरूलाई सिकाइने गरिन्छ’ ।

मन्टेश्वरी स्कुलमा खेल र मनोरञ्जनात्मक शैलीबाट अध्यापन गराउने भएकाले कम्तीमा खेल्छन्, रमाउँछन् । घर फर्किंदा खुसी भएर फर्किए भने हामी अभिभावकको आधा थकान हराउँछ, जुन मन्टेश्वरी स्कुलमा पाएँ ।

‘विद्यालयमा पनि बालबालिकालाई पढाइन्छ तर मन्टेश्वरीको विधि अनुसार हँुदैन, पहिला नै अक्षराम्भ गराउँदा उनीहरूलाई धेरै भार हुन्छ’ उनले भनिन् ‘त्यसैले खेलौनाको माध्यम, चित्रको माध्यम, गीतमार्फत सिकाइने गरिन्छ’। उनले मन्टेश्वरीमा पढाउनेमात्र नगरी बालबालिकालाई बोल्ने कला, भाषाशैली, व्यवहार, अध्ययनको अलावा नृत्य, चित्रकला, अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराइने बताइन् । बालबालिकालाई समूहमा कसरी बोल्ने, आफूभन्दा ठूलालाई आदर सत्कार गर्ने जस्ता व्यवहार पनि सिकाउने गरिने उनले बताइन् ।

बालबालिकाहरू जिज्ञासु स्वभावका हुने भएकाले एउटै काम गरेर बस्दैनन् । उनीहरू एउटा खेल खेलेपछि अर्को काममा लागिहाल्छन् । त्यसैले बालबालिकाहरू पनि सामेल हुने गरि खेलकुद, नाचगान तथा प्रतियोगितात्मक क्रियाकलापलाई स्थान दिँदै उनीहरूसँग बढी समय बिताउनु राम्रो हुन्छ । उनीहरूको उमेर वृद्धिसँगै घर तथा विद्यालयबाट व्यवहारिक कुराहरू सिकाउँदै जानुपर्छ ।

प्रिस्कुलमा पठाउनु पर्छ भन्ने अभिभावकको संख्या बढेर गएको एक मन्टेश्वरीका सञ्चालक तथा अभिभावक सरिता कुँवरले ‘अहिले टोलटोलमा मन्टेश्वरी खुलेका छन्, सबै एकैनाशको हुँदैनन्, र कुनचाँहीमा आफ्ना बाबुनानी पढ्न पठाउने भन्ने छनौट अभिभावकले राम्रोसँग गर्नु पर्दछ’ उनले भनिन् ‘आकर्षक विज्ञापन देखाएको भरमा होइन, त्यहाँ गरिने व्यवहार, शिक्षाको गुणस्तर, सिकाउने कलालाई ध्यान दिइने विद्यालय छान्दा लगानी खेर जाँदैन’ ।

‘हामी बालबालिकालाई बालबालिकाको आफ्नै अभिभावक जस्तो गरी सिकाउँछौ । उनीहरूको रुचि अनुसार उनीहरू जस्तै साना भएर सिकाउनु पर्ने हुन्छ, अवस्था अनुसार हाँस्ने, रुने र खेल्ने गर्नु पर्दछ । बालबालिकासँगै डुबेर सिकायौँ भने छिटो सिक्छन्, जर्बजस्ती गर्नु हुँदैन’ आफ्नो मन्टेश्वरीमा अभिभावकको आकर्षण हुनुको गुह्य विषय बताउँदै एक प्रिस्कुल सञ्चालकले भनिन् । यतिमात्र नभएर आफ्ना सन्तानको शैक्षिकस्तर राम्रो भएको देख्ने अभिभावकको आकर्षण बढेको उनले बताइन् ।

विकसित समाजमा समय अनुसारको शैक्षिक गुणस्तर नभए जीवनचर्या गुजार्न समस्या पर्दछ । आफ्ना बालबालिकालाई कस्तो शिक्षा दिने, कस्तो संस्कार सिकाउने, क्रियाकलापमा कस्तो दख्खल राख्ने बनाउने भन्ने निर्णय आफैले गर्नु पर्दछ । यही निर्णयका आधारमा अभिभावकहरू रोजिरहेका छन् । प्रिस्कुलहरूले पनि अभिभावकको अपेक्षालाई पूरा गर्ने प्रयास गरिरहेका छन् ।

प्लेग्रुपमा दिइने शिक्षाले बालबालिकामा राम्रो संस्कार र स्वाबलम्बी बनाउन सिकाउँछ । बालबालिकाको चौतर्फी विकास गर्ने उद्देश्यले सञ्चालन भएका प्रिस्कुलमा राखिने हरेक सामानको वैज्ञानिक अर्थ हुने मन्टेश्वरी विज्ञहरू बताउँछन् । बालबालिकाले खेल्ने खेलौनाअनुसार पनि विभिन्न अर्थ हुन्छन् र सोही अनुसार उनीहरूले ज्ञान प्राप्त गर्छन् । यो खेल्दै, सिक्दै पढ्ने थलोको रूपमा परिचित भइसकेको छ ।

‘हामीसँग बच्चालाई दिने प्रशस्त समय हुन्न, हप्तामा एक दिन घुमायो, फ्रेस बनायो तर बाँकी ६ दिन उनीहरूको दिन कसरी बित्दैछ । हामीले चाहेर पनि ध्यान दिन सकिरहेका हुँदैनौँ, उनले भनिन्, ‘मन्टेश्वरी स्कुलमा खेल र मनोरञ्जनात्मक शैलीबाट अध्यापन गराउने भएकाले कम्तीमा खेल्छन्, रमाउँछन् । घर फर्किंदा खुसी भएर फर्किए भने हामी अभिभावकको आधा थकान हराउँछ, जुन मन्टेश्वरी स्कुलमा पाएँ मैले ।’

‘बच्चालाई व्यावहारिक कुराहरू, बच्चालाई चाहिने आधारभूत ‘लाइफ स्किल’का कुराहरू शौचालय प्रयोग गर्नेदेखि लिएर, बन्द गर्ने, फोहोर नगर्ने, सरसफाइ गर्ने तरिकाहरू सिकाउँदै शिक्षण क्रियाकलाप गर्नुपर्ने र त्यसको लागि सुरुमा आर्ट गराउने, खेल खेलाउने, डान्स गराउने, गीत गाउन लगाउने गर्नुपर्छ । त्यो गर्दा पनि खाली डान्स-डान्स गराउनुभन्दा एजुकेशनसँग कसरी जोड्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।’

सामाखुसीस्थित स्कलर्स होम एकेडेमीकी शिक्षिका रूपा भेटुवाल पाण्डेका अनुसार मन्टेश्वरी शिक्षा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लर्निङ विथ प्लेइङ सिद्धान्तमा आधारित रहेकाले नै यो विधि प्रभावकारी र बच्चाको चौतर्फी विकासका लागि निकै प्रभावकारी मानिँदै आएको छ ।

बालविकासविज्ञ लक्ष्मीभक्त बासुकला बच्चालाई व्यावहारिक कुराहरू, बच्चालाई चाहिने आधारभूत ‘लाइफ स्किल’का कुराहरू शौचालय प्रयोग गर्नेदेखि लिएर, बन्द गर्ने, फोहोर नगर्ने, सरसफाइ गर्ने तरिकाहरू सिकाउँदै शिक्षण क्रियाकलाप गर्नुपर्नेमा जोड दिन्छन् । ‘त्यसको लागि सुरुमा आर्ट गराउने, खेल खेलाउने, डान्स गराउने, गीत गाउन लगाउने गर्नुपर्छ । त्यो गर्दा पनि खाली डान्स-डान्स गराउनुभन्दा एजुकेशनसँग कसरी जोड्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।’ उनको सुझाव छ ।

दुई वर्षको बच्चालाई गीतबाट हामीले सिकायौँ, खेलबाट सिकायौँ भने गीत र खेलमा प्रयोग भएका शब्दहरूमा धेरै शब्दहरू उसले बुझेकै हुँदैन तैपनि उसले भन्न सक्छ । त्यसरी उसलाई शब्द भन्न लगाउन सक्यौँ भने, बिस्तारै उसलाई त्यो शब्दको बारेमा बुझाउन सक्छौँ, बच्चा आफैले त्यो शब्दको बारेमा जिज्ञासा बढाउँछ, बच्चामा खोजीनीति गर्ने र बच्चालाई एक्टिभ र क्रियटिभ बनाउने विधि अपनाउनुपर्छ ।

बच्चा एक्टिभ र क्रियटिभ भयो भने त्यो नै लर्निङ हुन्छ । क्रियाकलापहरूमा सहभागी हुँदाहुँदै उसले अक्षर पनि चिन्छ, सिक्छ । यसैले उनी अझ थप्छन्, ‘यी सबै कुरा इसीडीमै सिक्नुपर्ने भएकोले इसीडीमा जहिले पनि क्रियाकलाप गर्दा ‘थिमवेस’मा रहेर क्रियाकलाप गर्नुपर्छ । बच्चालाई ‘मिनिङफूल’ वा ‘लजिकल लर्निङ’ गराउनुपर्छ । इसीडीको थ्योरीमात्र बुझेर हुन्न, त्यसलाई व्यवहारमै प्रयोग गर्नुपर्छ ।’

:934 Views

Leave a Reply